
काठमाडौं ।
इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला इंकले रिमोट अनलाइन सफ्टवेयर अपडेट गर्नका लागि आफ्ना चीनमा कुदिरहेका कारहरु ‘रिकल’ गरेको छ ।
टेस्लाले असिस्टेड ड्राइभिङ्ग सम्बन्धी एक अनलाइन सफ्टवेयर अपडेटका लागि चीनमा निर्मित र आयातित मोडल ३ र मोडेल वाई कारलाई ‘रिकल’ गर्ने चिनियाँ नियामकहरूले शनिबार बताएका थिए।
बजार नियमनका लागि राज्य प्रशासनले आफ्नो वेबसाइटमा भनेअनुसार विद्युतीय कारहरुमा एक सहायक ड्राइभिङ्ग कार्यसंग जोडिएको कदम हो, जुन हाल चालकहरु द्वारा दुर्घटनावश सक्रिय हुन सक्छ, यो अचानक एक्सिलरेसनको कारण हुनसक्ने रोयटर्सले उल्लेख गरेको छ।
रिमोट अनलाइन सफ्टवेयर ‘रिकल’ चीनमा निर्मित टेस्ला कारहरूको लागि पहिलो पटक गरिएको छ जसमा २,४९,८५५ चीन निर्मित मोडल ३ र मोडल वाई कारहरू छन भने ३५,६६५ आयातित मोडेल ३ सेडानहरू समावेश गर्दछ।
टेस्लाले अहिले शंघाईमा मोडल ३ सेडानहरू र मोडल वाई स्पोर्ट यूटिलिटी सवारी साधनहरू बनाईरहेको छ र गएको मे ३३४६३ वटा चीनले निर्मित इलेक्ट्रिक कारहरू बेचेको उद्योग तथ्यांक छ।
प्रकाशित: १२ असार २०७८, शनिबार