विन्डोज ११ मा भएका एन्ड्रोइड एप इन्टेल र एएमडी दुवै चिपमा चल्ने

  • Technology Khabar | १२ असार २०७८, शनिबार

काठमाडौं ।

हालै सार्वजनिक भएको विन्डोज ११ को प्रमुख फिचरहरुमध्ये एन्ड्रोइड एप एएमडी र इन्टेल दुवैमा चल्ने हो। यी एपहरुका लागि विन्डोज स्टोरबाट अमेजन एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्छ।

त्यसपछि इन्टेल ब्रिज एप चल्छ र त्यसले गैर-एक्स८६ एपहरुलाई पनि त्यस आर्किटेक्चरमा चल्ने गरी अनुवाद गरिदिन्छ।

इन्टेलले आफ्नै हार्डवयरमा मात्र चल्नेगरी उक्त कम्पाइलर विकास गरेको हो अन्य हार्डवयरमा पनि चल्छ भन्ने आधिकारिक रुपमा खुलाइएको थिएन। तर पछि अन्य हार्डवयरमा पनि काम गर्ने पुष्टि भयो।

द भर्जलाई दिएको एक वक्तव्यमा कम्पनीले इन्टेल ब्रिजले एएमडी लगायत सबै एक्स८६ प्लेटफर्मलाई सपोर्ट गर्ने जनाएको छ।

यसको मतलब एन्ड्रोइड एप इन्टेल १०शाैं जेनेरेशन र ११औं जेनेरेशन प्रोसेसरका साथै एएमडीका प्रोसेसरमा पनि राम्ररी चल्छन्। विन्डोज ११ को बाहिरी प्रारुपमा पनि पहिलेको भन्दा निकै परिवर्तन छ।

यसको स्टार्ट मेनु, विन्डोजका लागि फोटोको लेआउट, ४० प्रतिशत कम अपडेट भएका कारण ब्याकग्राउन्डमा कम चल्ने र ह्याङ कम हुनेजस्ता विशेषता थपिएका छन्।

प्रकाशित: १२ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया