
काठमाडौं ।
नेपालमा गएको जेठ महिनाभरमा ३ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।
भन्सार विभागले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि २०७८ जेठ मसान्तसम्मको प्रतिवेदन अनुसार उक्त रकम बराबरको १० हजार ७४३ थान स्मार्टवाच आयात गरिएको हो।
आयात भएका १० हजार ७४३ मध्ये चीनबाट सबैभन्दा धेरै १० हजार ५५३ ओटा तथा भारत बाट १४१ ओटा स्मार्टवाचहरु आयात भएका छन्।
यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएका ३ करोड १९ लाख २ हजार तथा भारतबाट १२ हजार रुपैयाँ परेको छ।
यसबाहेक भियतनाम, अमेरिका, ताइवान, हङकङ, अस्ट्रेलिया, यूएई, जापान, कतार, कोरिया, इजरायल, क्यानडा, थाइल्याण्ड, बेलायत, नेदरल्याण्ड्स, पोर्चुगल, फ्रान्स र न्यूजिल्याण्डबाट फुटकर मात्रामा स्मार्टवाचहरु आयात भएको तथ्याङक छ।
पछिल्ला दिनमा स्मार्ट डिभाइस प्रयोग गर्नमा हरेक उमेर र वर्गका मानिसहरु आकर्षिक हुन थालेपछि स्मार्टफोनपछि स्मार्टवाच तथा स्मार्टब्याण्ड सबैको राोजाइमा पर्दै आएका छन्। सस्तो र नेपाली बजार सुहाउँदो भएकाले चीनबाट सर्वाधिक आयात भएको देखिन्छ।
प्रकाशित: ११ असार २०७८, शुक्रबार