इन्टेलले जर्मनीमा चिप फ्याक्ट्री खोल्ने, छलफल जारी

  • Technology Khabar | १० असार २०७८, बिहीबार
इन्टेलले जर्मनीमा चिप फ्याक्ट्री खोल्ने, छलफल जारी

काठमाडौं ।

इन्टेलले जर्मनीमा सेमिकण्डक्टर चिप फ्याक्ट्री स्थापना गर्न स्थानीय अधिकारीहरुसँग लफल गरिरहेको बुझिएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जर्मनीको बभारियाको दक्षिणी राज्यका अधिकारीहरु उक्त फ्याक्ट्रीका लागि अमेरिकी चिप निर्माता इन्टेलसँग छलफलमा जुटेका हुन्।

यो कुराको जानकारी जर्मनीको बभारियाको दक्षिणी क्षेत्रका स्थानीय वित्त मन्त्री ह्युबर्ट आइवाङ्गरले दिएका हुन्। बभारियाले म्युनिखको पेन्जिङ ल्याण्ड्सबर्गमा हाल प्रयोगमा नआइरहेको एउटा एयर बेसलाई लाई फ्याक्ट्रीका लागि सिफारिश दिन खोजेको बुझिएको छ।

उक्त राज्य जर्मनी अटोमोबाइल जायन्ट बीएमडब्लूको गृहनगर हो। इन्टेलको यो नयाँ फ्याक्ट्री अटोमोबाइल क्षेत्रमा प्रयोग हुने चिप उत्पादनका लागि हुने आकलन गरिएको छ।

यूरोपले सन् २०३० सम्ममा चिपको विश्वव्यापी उत्पादन २० प्रतिशतले बढाएर बाहिरबाट आउने चिपको सङ्ख्या घटाउने योजना बनाएको छ। यसका लागि उसले १६० अर्ब डलर छुट्याउने भएको छ।

गत मार्चमा इन्टेलका सीईओ प्याट गेल्सिंगरले कम्पनीले आईडीएम २.० योजनामार्फत् चिप फाउन्ड्रीको क्षमता बढाउने वा कन्ट्र्याक्ट चिप उत्पादनमा लाग्ने घोषणा गरेका थिए। कम्पनीले यसअघि नै एरिजोनामा चिप फ्याक्ट्री बनाउन २० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ।

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार