रिचार्ज कार्ड खपत बढ्यो, जेठ महिनामा मात्रै १९ करोड रुपैयाँ हाराहारीको आयात

  • Technology Khabar | १० असार २०७८, बिहीबार

काठमाडौं ।

नेपालमा पछिल्लो १ महिना अर्थात् २०७८ जेठ महिनाभरमा १८ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात गरिएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार चैत्र २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्म ८६ लाख ५६ हजार १०४ रिचार्ज कार्ड आयात भएकामा २०७८ जेठ महिनामा भने १६ लाख ९३ हजार ७४१ थपिएर १ करोड ३ लाख ५८ हजार ८४५ ओटा पुगेको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये जेठमा सबैभन्दा धेरै भारतबाट ६४ लाख १२ हजार ६७४ ओटा रिचार्ज कार्ड आयात भएका छन् जसको मूल्य ४ करोड ६३ लाख ३९ हजार रुपैयाँ पर्न आउँछ।

यसपछि चीनबाट ६ करोड ८५ हजार ४३ हजार रुपैयाँ बराबरको ३६ लाख ७ हजार ६९४ थान रिचार्ज कार्ड आयात गरिएको छ। इन्डोनेसियाबाट ७८ ला‍ख ९५ हजार रुपैयाँ बराबरको ३ लाख २ ओटा, कतारबाट ९२ हजार रुपैयाँ बराबरको २० हजार थान, मेक्सिकोबाट ५८ हजार रुपैयाँ बराबरको १० हजार थान तथा यूएईबाट ३ लाख ८९ हजार रुपैयाँ बराबरको ८ हजार ४१ थान रिचार्ज कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।

यीबाहेक अन्य २५ विभिन्न राष्ट्रबाट १ हजारदेखि ३४ हजार रुपैयाँसम्मका १ देखि २०० थानसम्मका यस्ता कार्ड आयात भएका देखिन्छन्। यस्ता कार्डहरु विशेषगरी विभिन्न मोबाइल, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकले ल्याउने भएकाले चीन, भारत, इन्डोनेसिया तथा मेक्सिकोबाट आयात भएका व्यावसायिक प्रयोजनका लागि र बाँकी २० राष्ट्रबाट फुटकर आएकाहरु नमुना तथा परीक्षणका लागि ल्याइएको हुनसक्ने आकलन गर्न सकिन्छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार, टेलिभिजन तथा इन्टरनेट सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेकाछन् ।

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार