को-को अटाए नेपालका ‘टप टेन’ इन्टरनेट सेवा प्रदायकको सूचीमा? ग्राहक सङ्ख्यासहित

Technology Khabar १० असार २०७८, बिहीबार

को-को अटाए नेपालका ‘टप टेन’ इन्टरनेट सेवा प्रदायकको सूचीमा? ग्राहक सङ्ख्यासहित
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस वर्षको चैत मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार ग्राहक सङ्ख्याका आधारमा निम्न इन्टरनेट सेवा प्रदायकहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ४, ६८, ०४६

फागुन मसान्त – ४, ६१, ०६५चैत मसान्त – ४, ६८, ०४६वृद्धि – ६, ९८१

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७७ चैत मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ४ लाख ६८ हजार ०४६ पुगेको छ। फागुन मसान्तसम्म ४ लाख ६१ हजार ६५ रहेकामा उक्त सङ्ख्यामा ६ हजार २९, ८१९ बढेको हो। यीमध्ये वायरलेसका ग्राहक १, ०५४, केबलका ग्राहक ९४९ र फाइबरका ग्राहक ४, ६६ हजार ०४३ रहेका छन्।

२. सुविसु केबलनेट प्रालि

फागुन मसान्त- १, ८५, ७२०चैत मसान्त – १,९५, ३२८वृद्धि – ९, ६०८

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या १ लाख ९५ हजार ३२८ पुगेको थियो। यो सङ्ख्या फागुन मसान्तसम्म १ लाख ८५ हजार ७२० रहेको थियो।

एक महिनामा ९ हजार ६०८ ग्राहक थपिएका छन्। यीमध्ये वायरलेसका ग्राहक १०, ३८४, केबलका ग्राहक २६, ४७३ र फाइबरका ग्राहक १, ५८ हजार ४७१ रहेका छन्।

३.भायानेट प्रालि – १, ३८, ७०६

फागुन मसान्त – १, ३५, ५००चैत मसान्त – १, ३८, ७०६वृद्धि – ३, २०६

तेस्रो नम्बरको भायानेट प्रालिको जम्मा ग्राहक सङ्ख्या फागुन मसान्तसम्म १ लाख ३५ हजार ५०० रहेकामा एक महिनामा ३ हजार २०६ थपिएर चैत मसान्तसम्म १ लाख ३८ हजार ७०६ पुगेको छ। यसमध्ये सबै फाइबरका ग्राहक छन्। भायानेट प्रालिका केबल र वायरलेस ग्राहकहरु छैनन्।

४. क्लासिकटकेक प्रालि – १, ३७, ५६८

फागुन मसान्त – १, ३७, ३३६चैत मसान्त – १, ३७, ५६८वृद्धि – २३२

उत्कृष्ट १० को सूचीमा चाैथो नम्बरमा रहेको क्लासिकटेक प्रालिको फागुन महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ३७ हजार ३३६ रहेकामा एक महिनाको अवधिमा २ सय ३२ वृद्धि भएर १ लाख ३७ हजार ५६८ पुगेको छ। यीमध्ये १, ३६, ३८५ फाइबर सेवा लिने ग्राहकहरुक ५ छन् भने १, १८३ वायरलेसका ग्राहक छन्।

५. टेकमाइण्ड्स नेटवर्क प्रालि

फागुन मसान्त – ५६, ९३२चैत मसान्त – ५६, ९३२अन्तर – यथावत्

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ५६ हजार ९३२ ग्राहकसहित पाँचाैं नम्बरमा परेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् माघ मसान्तको बराबरी हो।

५६ हजार ९३२ मध्ये २, ४६४ जना वायरलेसका तथा ५४, ४६८ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्। यो महिना अघिल्लो महिनाभन्दा कुनै सङ्ख्या घटबढ भएको छैन।

६. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४०, १०९

फागुन मसान्त – ४०, १०९चैत मसान्त – ४२, ७१४वृद्धि –  २६०५

उत्कृष्ट १० को छैटाैं नम्बरमा परेको ब्रोडलिक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४२ हजार ७१४ जना ग्राहक रहेकोमा २०९ जना वायरलेसका तथा बाँकी ४२, ५०५ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाकोभन्दा २६०५ ले बढी छ।

७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि

फागुन मसान्त – २९, ६७१चैत मसान्त – २९, ६७१अन्तर – यथावत

कुल ग्राहक सङ्ख्या २९ हजार ६४१ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको साताैं नम्बरमा यथावत छ। उसको अघिल्लो महिनामो ग्राहक संख्या र सूचीको स्थानमा कुनै परिवर्तन छैन।

उसका २९ हजार ६४१ मध्ये ३ हजार ९७ जना वायरलेसका तथा बाँकी २६, ५७४ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

८. कनेक्ट नेपाल नेटवर्क – १८, ११०

फागुन मसान्त – १८, ११०चैत मसान्त – १८, ११०अन्तर – यथावत

सूचीको आठाैं नम्बरमा परेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ११० रहेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् फागुन मसान्तमा पनि यति नै थियो भने यो आईएसपी सूचीको आठाैं नम्बरमा नै थियो।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ५२० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १७, ५९० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

९. एरोनेट प्रालि

फागुन मसान्त – १२, ७६९चैत मसान्त – १३, ०२४वृद्धि – २५५

फागुन महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १२ हजार ७६९ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि चैत मसान्तमा २५५ ग्राहक संख्या थपेर यथास्थानमै रहन सफल भएको छ।

यसले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७४ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १२ हजार ९५० रहेको तथ्याङ्क छ।

१०. इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेड

फागुन मसान्त – १०, ३७७चैत मसान्त – १०, ३७७अन्तर – यथावत्

उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडको कुल ग्राहक सङ्ख्या १० हजार ३७७ जना रहेकामा यो सम्पूर्ण सङ्ख्या फाइबरमार्फत् सेवा लिने ग्राहकहरुको हो। इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडले वायरलेस वा केबलमार्पत् सेवा उपलब्ध गराएको छैन।

अघिल्लो महिना यति नै ग्राहक सङ्ख्याका साथ १० औं स्थानमा इस्टलिंक टेक्नोलोजी प्राइभेट लिमिटेडले यो महिना कुनै ग्राहक थपेको वा गुमाएको छैन।

*हेडलाइन सम्पादित

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया