युरोपेली आयोगले ठूला साइबर आक्रमणलाई रोक्न आपतकालीन टिम तयार पार्ने

  • Technology Khabar | १० असार २०७८, बिहीबार
युरोपेली आयोगले ठूला साइबर आक्रमणलाई रोक्न आपतकालीन टिम तयार पार्ने

काठमाडौं ।

युरोपेली आयोगले ठूला साइबर आक्रमणलाई रोक्न संयुक्त साइबर इकाई निर्माण गर्ने योजनाको घोषणा गरेको छ।

आयरल्याण्ड र अमेरिकामा भर्खर गंभीर सेवाहरूमा भएको र्यान्समवेयर आक्रमणका गंभिर घटनाहरूलाई ध्यानमा राखेर ध्यान केन्द्रित गरेको आयोगले भनेको छ।

साइबर-हमलाहरू राष्ट्रिय सुरक्षा खतरा भएको तर्क गरिएका थिए, किनकि २०१९ मा युरोपमा ४३२ बाट २०२० मा ७५६ आक्रमण संख्या पुगेको थियो।

गम्भीर आक्रमणहरुका क्रममा बहुराष्ट्रिय साइबर विशेषज्ञहरूको एक समर्पित टोली तिब्रगितमा युरोपेली देशहरूमा तैनाथ गरिनेछ।

प्रस्तावको थालनी गर्दै युरोपेली आयोगका उपाध्यक्ष मार्गारीटिस सिनासले भने, ‘गत महिना अमेरिकी ईन्धन आपूर्तिमा गरिएको ह्याक भनेको हामीले सामना गर्नु पर्ने दुःस्वप्न अवस्था हो।’

गत महिना, डार्कसाइड भन्ने साइबर आपराधिक गिरोहले लगभग एक हप्ताको लागि कोलोनियल पाइपलाइनलाई अफलाइनमा बाध्य पार्‍यो, जसले गर्दा ग्राहकलाई खरीद र ईन्धनको अभाव भयो।

अमेरिकी सरकारले भर्खरै एउटा र्यान्समवेयर टास्क फोर्स पनि गठन गरेको छ, जबकि बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले र्यान्समवेयर बेलायतको लागि सबैभन्दा ठूलो साइबर-खतरा भएको चेतावनी दिएको छ

युरोपेली आयोगले हालै आयरल्याण्डको स्वास्थ्य सेवामा जारी र्यान्समवेयर हमला अर्को साइबर हमलाको राष्ट्रिय सुरक्षा मुद्दा हो भन्ने संकेत दिएको उल्लेख गरेको छ। बीबीसी

प्रकाशित: १० असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार