Technology Khabar १० असार २०७८, बिहीबार
काठमाडौं ।
क्वालकमले फाइभजी कनेक्टिभिटी नभएको स्न्यापड्रागन ८८८ चिपसेट बनाउने भएको छ।
यो स्न्यापड्रागनको नयाँ प्लेटफर्ममा बन्ने र यसको मोडल नम्बर एसएम८५४० रहने बुझिएको छ। हाल उपलब्ध स्न्यापड्रागन ८८८ को मोडल नम्बर भने एसएम८३५० रहेको छ।
यसको मुख्य उद्देश्य नेक्स्ट जेनेरेशन प्रविधि नभएका बजारमा बिक्री गर्नेगरी उत्पादन गरिएका मोबाइल निर्माताहरुलाई केन्द्रित गर्नु रहेको बुझिएको छ।
यसबाहेक ह्वावेजस्ता अमेरिकामा फाइभजी प्रविधिका काम गर्न नपाएका कम्पनीहरुलाई पनि मध्यनजर गरिएको हो। केही लिक्स्टरका अनुसार ह्वावेको आगामी जुलाईमा सार्वजनिक हुने तय भएको पी५० सिरिजमा यो चिपसेट प्रयोग भएर आउनेछ।
ट्रम्प प्रशासनको प्रतिबन्धपछि ह्वावेले अमेरिकाका कुनै पनि कम्पनीसँग एआरएम चिपलगायतका फाइभजी नेटवर्क र प्रविधिमा व्यापार गर्न सक्दैन। तर कम्पनीका अनुसार एलटीई पनि हालसम्मका लागि राम्रै प्रविधि भएकोले पनि यसलाई प्रयोगमा ल्याउन लागिएको हो।
प्रकाशित: १० असार २०७८, बिहीबार