चीनको अन्तरिक्ष स्टेशनः अन्तरिक्ष यात्रीहरुले पहिलो २४ घण्टा बिताए, भिडियो जारी

  • Technology Khabar | ९ असार २०७८, बुधबार
चीनको अन्तरिक्ष स्टेशनः अन्तरिक्ष यात्रीहरुले पहिलो २४ घण्टा बिताए, भिडियो जारी

काठमाडौं ।

चीनका अन्तरिक्ष यात्रीहरुले पहिलो २४ घण्टा सहजरुपमा बिताएका छन् । उनीहरुले चीनको स्पेस स्टेशन कोर मोड्युलमा बिताएको अवधिको  बारेमा हालै भिडियो बाहिर आएको छ ।

चिनियाँ राष्ट्रिय प्रसारक सेन्ट्रल चाइना टेलिभिजन (सीसीटीवी) ले बुधबार पहिलो भ्लग फुटेज जारी गर्यो जसमा चालक दलको पहिलो २४ घण्टा चीनको स्पेस स्टेशन कोर मोड्युलमा गरेका कार्यहरु राखिएको छ।

सो भिडियोमा ३ चिनियाँ अन्तरिक्ष यात्रीहरु नेई हेशेङ्ग, लियू बोमिङ्ग र टाङ्ग होङ्गबोलाई देखाईएको छ ।

सीसीटीभीकाअनुसार स्पेस स्टेशन कोर मोड्युलमा छुट्टै सुत्ने लाउन्जमा स्वतन्त्र प्रकाश प्रणाली छ।

यात्रीहरुले पहिलो पटक अन्तरिक्षमा पहिलो खाजा तथा खाना खाएका थिए ।

भिडियोमा  केहि प्याकेजहरू उनीहरूको निश्चित पोइन्टबाट हटाइएपछि पहिले नै क्याबिनमा तैरिएको देखिन्थ्यो ।

चाइना म्यान्डेड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार तीनै जना यात्रीले अन्तरिक्ष र पृथ्वीको बीचमा कार्य र विश्राम तालिका मिलाउनेछन्।

प्रत्येक दिन बिहान ८ बजे, तिनीहरुले ग्राउन्ड कन्ट्रोलकर्मीहरुसँग कुराकानी गर्नेछन् र दिनको वर्कप्लानको बारेमा सूचित गर्नुका साथै र बेलुका ८-९ बजे उनीहरु आफूले गरेको मिशन कार्यको बारेमा अद्यावधिक गराउने छन्। ग्लोबल टाइम्स

प्रकाशित: ९ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...