वनप्लसको मिडरेन्जको नयाँ फाइभजी फोन ‘नर्ड सिई ५जी’ नेपालमा, यस्तो छ विशेषताहरु

  • Technology Khabar | ९ असार २०७८, बुधबार
वनप्लसको मिडरेन्जको नयाँ फाइभजी फोन ‘नर्ड सिई ५जी’ नेपालमा, यस्तो छ विशेषताहरु

काठमाडौं ।

वनप्लसले नेपाली बजारमा आफ्नो मध्यमस्तरको स्मार्टफोन वनप्लस नर्ड सिई ५जी ल्याएको छ ।
कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोनको बिक्री बितरणहरु शुरु गरेको छ ।

वनप्लसको नयाँ स्मार्टफोन नर्ड सिई ५जीमा ६।४३ इन्चको ९० हर्जको एमोलेड डिस्प्ले रहेकोछ । एन्ड्रोइड ११ मा आधारित सो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ७५० फाइभजी चिपसेट राखिएको छ । यसमा ग्राफिक्सको लागि एड्रेनो ६१९ जीपीयू रहेको छ ।

नेपाली बजारमा फोन ६जीबी र्याम र ८ जीबी र्याम अप्सनमा आउँछ भने स्टोरेज १२८ जीबी तथा २५६ जीबी अप्सन रहेको छ ।

फोटोग्राफीका लागि यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा तथा ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

यसमा सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा कनेक्टिभिटीका लागि ५.१ ब्लूटूथ, वाईफाईलगायतका फिचर छन भने यूएसबी टाइप सी २.०, यूएसबी अन द गो रहेको छ ।

डिस्प्ले भित्र फिंगरप्रिन्ट सेन्सर भएको फोनमा जाइरो, प्रोक्सिमिटी, कम्पासलगायतका सुबिधा छन् ।

नर्ड सिई ५जी स्मार्टफोनमा पावरको लागि ४,५०० एमएएचको ब्याट्री रहेको छ जसलाई चार्ज गर्न ३० वाटको फास्ट चार्जिंग सपोर्ट छ ।

यो फोन नेपाली बजारमा ४४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । सो फोन ताम्राकार कम्प्लेक्समा रहेको वनप्लसको आधिकारीक बितरक स्मार्ट टक प्रालि तथा न्यूरोडका मोबाइल पसलहरुमा उपलब्ध रहेकोछ ।

प्रकाशित: ९ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...