
काठमाडौं ।
गत वर्ष सार्वजनिक भएका अमेजफिट जीटीआर २ई र जीटीएक्स२ई अफलाइन भ्वाइस असिस्टेन्ट समावेश गरिएको थियो।
यो फिचरमार्फत् यूजरले इन्टरनेटको प्रयोगबिना नै स्मार्टवाचका केही फिचरहरुलाई भवाइस कमान्डमार्फत् नियन्त्रण गर्न सक्दथे।
अब भने यी दुवै स्मार्टवाचमा नयाँ सफ्टवयर अपडेटका माध्यमबाट एलेक्सा सपोर्ट गर्ने भएको छ। यस फिचरले भ्वाइस कमान्ड गरेर गीत बजाउने, अलार्म सेट गर्ने, ट्राफिक तथा स्पोर्ट्स अपडेटको जानकारी लिन सकिन्छ।
यी दुवैका लागि फर्मवयर भर्सन १.०.२.३१ अपडेटका लागि उपलब्ध छ र जेप एपमार्पत् यसलाई स्मार्टवाचमा इन्स्टल र अपडेट गर्न सकिन्छ।
अपडेट इन्स्टल गरेपछि प्रोफाइलमा गएर जेप एपको एड एकाउन्ट्स मेनुमा रहेको अमेजन एलेक्सा क्लिक गर्नुपर्छ। त्यसपछि आफ्नो अमजन एकाउन्टमार्फत् लग इन गरेर दिइएको निर्देशन पालना गरेर एलेक्सा प्रयोग गर्न सकिन्छ।
प्रकाशित: ९ असार २०७८, बुधबार