
काठमाडौं ।
बजार अनुसन्धान संस्था ट्रेन्डफोर्सको प्रक्षेपण अनुसार एप्पलले आईफोन १३ प्रो को १ टीबी भर्सन नल्याउने भएको छ।
आगामी रणनीतिअनुसार आईफोन एप्पलले १३ लाई आईफोन १२एस नाम दिइने र आईफोन १२ मा भएका फिचरहरु यसमा पनि सुधारेर समावेश गर्दै लैजाने बुझिएको छ।
विभिन्न पार्टपुर्जा अभावका कारण स्मार्टफोनको मूल्य बढिरहेका बेला एप्पलले भने मूल्य समायोजन गर्दै अहिलेको जेनेरेशनको आईफोन १३ मिनीको ७०० डलरबाट शुरु गर्ने जनाएको छ। कम्पनीले केही पार्टपुर्जाहरुलाई अपग्रेड पनि गर्ने भएको छ।
आईफोन १३ प्रो डुओमा १२० हर्ज रिफ्रेश रेटसहितको एलटीपीओ एमोलेड प्यानल रहनेछ भने नचको आकार पनि सानो हुनेछ।
सबै क्यामराहरु पुरानो ओआईएसबाट सेन्सर शिफ्ट स्टाबिलाइजेशनमा परिवर्तन हुनेछन् भने अल्ट्रा वाइड एंगल क्यामरामा अटोफोकससहितको अत्याधुनिक ६पी लेन्स राखिनेछ।
ट्रेन्डफोर्सको रिपोर्टले यी सबै डिभाइसमा लाइडार प्रविधि आउने भन्ने तथ्यलाई भने नकारेको छ। उसका अनुसार दुई ओटा प्रो मोडलमा मात्र यो फिचर रहनेछ।
रिपोर्टले १ टीबी स्टोरेज अपश्न पनि दुई ओटा प्रो भर्सनमा मात्र उपलब्ध हुने दावी गरेको छ। यसबाहेक सबै मोडलहरुमा टीएसमएमसीद्वारा एन५पी प्रोसेसमा तयार पारिएका एप्पलको ए१५ चिपसेट प्रयोग गरिनेछ।
प्रकाशित: ९ असार २०७८, बुधबार