क्लबहाउस एपमा आईकनको रुपमा देखिने नयाँ महिला को हुन् ? यस्तो छ जानकारी

  • Technology Khabar | ९ असार २०७८, बुधबार
क्लबहाउस एपमा आईकनको रुपमा देखिने नयाँ महिला को हुन् ? यस्तो छ जानकारी

काठमाडौं ।

चर्चामा रहेको अडियो च्याट एप क्लबहाउसले केही समयको फरकमा आफ्नो एप आइकनलाई परिवर्तन गरिरहन्छ । कम्पनीले केहि दिनअघि मात्रै आफ्नो एप आइकनमा नयाँ महिलालाई समावेश गरेको छ । उनी यस आइकमा देखिने नवौं व्यक्ति हुन् ।

क्लबहाउसले ब्राजिलकी अभियन्ता र ‘आफ्रो कन्टेन्ट’ सिर्जनाकर्ता डान्डरा पागुलाई आफ्नो आइकनमा ल्याएको हो ।

उनी ब्राजिलको उत्तरीपूर्व भागमा रेसिफे, पर्नामबुकोमा जन्मेकी हुन् । उनको कथा धेरै ब्राजिलियनहरुलाई आफ्नै जस्तो लाग्नेगर्छ किनभने उनले पनि गरिबी र हिंसाको बीचमै आफ्नो बाल्यकाल बिताएकी थिईन् ।

कम्पनीले उनलाई नेतृत्वकर्ता, अधिकारकर्मी, प्रोडुसर, अभियन्ताको रुपमा चिनाएको छ । उनको व्यक्तित्व, सकारात्मक सोच र राम्रो कामहरुका कारणले उनी आज प्रेरणादायक बनेकी बताईएको छ । क्लबहाउसमा आफ्नो दर्शकलाई बाँधिराख्ने क्षमता पनि रहेको उनलाई परिचय गराउँदै क्लबहाउसले भनेको छ ।

उनी १२ जना भाइबहिनीहरुमध्ये एक हुन् । जसमध्ये चार जनाको बाल्यकालमा नै मृत्यु भइसकेको छ । उनले युवा अवस्थामा शारीरिक दुव्र्यव्यवहार भोग्नुपरेको पनि बताएकी छिन् ।

विभिन्न चिकित्साको मद्दतले उनले आफू मानसिक पीडाबाट मुक्त हुन सकेकी बताउँछिन् । पागुले जातीय भेदभावको बारेमा पनि आफ्नो सेसनहरु सञ्चालन गर्ने गर्छिन् । उनीले एन्टी रेसिजम अभियानहरु पनि चलाउने गर्छिन् । उनी पहिले ब्राजिलमा क्लबहाउसमा चर्चामा आएकी थिईन् ।

यदपि उनी आफैंपनि जातिय भेदभाव र हिंसाको शिकार भईन् ।

विशेषगरि उनले क्लबहाउसमा अर्थशास्त्र र जातजातीको बारेमा चर्चा गर्न थालेदेखि प्रख्याति पाएकी हुन् ।
उनी एक अश्वत महिला भएकाले आफ्नो आधारभूत अधिकारका लागि अरु नागरिकहरुसँग छलफल पनि गर्ने गर्छिन् ।

‘जातिय भेद एउटा रोग हो जसले दुर्भाग्यवस सबैलाई असर गर्छ। केही व्यक्तिले बढी कष्ट भोग्नेछन्, अरुले कम कष्ट पाउनेछन्। मलाई लाग्दैन कि कालो मानिसहरुलाई यसको व्याख्या गर्नु पर्ने कुनै बाध्यता छ । तर मलाई लाग्छ कि म त्यस्तो चीजहरुको बारेमा कुरा गर्न चाहन्छु, परमेश्वरलाई र ओरिशासलाई धन्यवाद , मैले यसलाई पहिले नै थेरापीमा समाधान गरिसकेको छु। मैले आफैंमा यसलाई हल गरिसकेको छु र आज म यस बारे कुरा गर्न सक्षम छु। मैले यौन हिंसा भोगेको छु, मैले धेरै कुरा सहनु परेको छ । यदि कसैले मेरो कुरा सुन्दछ वा मलाई सुन्न चाहन्छ भने, तिनीहरू परिवर्तन गर्न चाहन्छन्, यस सिद्धान्तको आधारमा मैले संचालन गरेको छु,’ उनले भनेकी छिन् ।

उनले आफ्नो प्रेमीलाई पनि क्लबहाउसमार्फत भेटेको जानकारी दिएकी छिन् । योे एपले निर्धक्क आफ्नो विचार राख्न दिएको उनको भनाई रहेको छ । आफ्नो कुराहरु व्यक्त गर्न यो प्लेटफर्म एकदमै उत्कृष्ट रहेको उनी बताउँछिन् । एजेन्सीहरु

प्रकाशित: ९ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार