अमेरिकाले दर्जनौं इरानी समाचार वेबसाइटहरु बन्द गर्यो

  • Technology Khabar | ९ असार २०७८, बुधबार
अमेरिकाले दर्जनौं इरानी समाचार वेबसाइटहरु बन्द गर्यो

काठमाडौं ।

अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइटहरु बन्द गरेको छ । उक्त वेबसाइटहरुले दुष्प्रचार गरेको अमेरिकाले आरोप लगाएको छ ।

इरानबाट सञ्चालित वेबसाइटहरुले मंगलबार आफ्नो गृहपृष्ठमा अमेरिकाले नियन्त्रणमा लिएको सूचना राखेका छन् । अमेरिकाको संघिय अनुसन्धान ब्यूरो र बाणिज्य विभागले नियन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ ।

त्यस्ता वेबसाइटहरुमा इरानी सरकारको प्रेस टिभी र इरानले सहयोग गरिरहेको हुथी गतिबिधिद्धारा सञ्चालिन अल मारिसाह टिभीलगायत छन् ।

परमाणु सन्धी सम्बन्धमा सहमति नहुँदा दुई राष्ट्रबीचको तनाब हाल बढ्दो अवस्थामा छ । अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी, इरानको कट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथि समेत अमेरिकाले पकड बनाएको छ ।

त्यसैगरि बेलायतबाट प्रशारण हुने बहराईनी स्वतन्त्र च्यानलसमेत अमेरिकाले बन्द गरेको छ ।

मंगलबार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, “अलआलमटिभी डट नेटको डोमैन अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ ।”

घण्टौंपछि कयौं वेबसाइटहरु नयाँ डोमेनका साथमा संचालनमा आईरहेका छन् ।

प्रकाशित: ९ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...