
काठमाडौं ।
अमेरिकामा मुख्यालय रहेको सेमिकण्डक्टर निर्माता ग्लोबलफाउन्ड्रिजले मंगलबार सिंगापुरमा नयाँ फ्याब्रिकेशन प्लान्ट खोल्ने घोषणा गरेको छ।
उक्त नयाँ प्लान्टको उद्देश्य सेमिकण्डक्टर चिपको विश्वव्यापी अभावलाई परिपूर्ति गर्नु रहेको कम्पनीले जनाएको छ।
यो नयाँ फ्याक्ट्री सिंगापुर आर्थिक विकास बोर्डसँगको साझेदारीमा स्थापना गरिने र यसमा साना साना लगानी प्रतिबद्ध ग्राहकमार्फत् पनि आउनसक्ने ग्लोबलफाउन्ड्रिजले जनाएको छ।
कम्पनीले यस फ्याक्ट्रीमा ४ अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रस्ट पारेको छ।
‘हाम्रो सिंगापुरको नयाँ फ्यासिलिटीले तीव्। गतिमा बढिरहेको अटोमोटिभ, फाइभजी मोबिलिटी तथा सुरक्षसत डिभाइस सेगमेन्टलाई सहयोग गरी विद्यमान दीर्घकालीन ग्राहक सम्झोतालाई बढाउन सघाउ पुर्याउनेछ’, ग्लोबलफाउन्ड्रिजका सीईओ टम कल्फिल्ड ले एक विज्ञपितिमा उल्लेख गरेका छन्।
सेमिकण्डक्टर माइक्रोचिपको विश्वव्यापी अभावका कारण कार उत्पादनलाई समस्या पारेको छ भने केही ठूला कन्जुमर इलेक्ट्रोनिक्स निर्माता कम्पनीको सञ्चालनमा नै गडबडी उत्पन्न गरेको छ।
भर्चुअल रुपमा गरिएको उक्त कम्पनीको शिलान्यास समारोहमा सिंगापुरका यातायात मन्त्री एस इस्वरन तथा मुबादाला इन्भेस्टमेन्ट कम्पनीका प्रबन्ध निर्देशक तथा ग्रुप सीईओ खाल्दून खलिफा अल मुबारकलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
प्रकाशित: ९ असार २०७८, बुधबार