
काठमाडौं ।
अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी रू.२५००० नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ ।
खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा निस्शुल्क भोट गरी जो कोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ केवाईसी भेरिफाइ गराएको हुनपर्नेछ ।
त्यसै गरि भोट को साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा रिमार्क्स सेक्सन मा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्नेछ।
सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ।
यस यूरो कप-२०२० को सहि अनुमान गर्ने योजना सम्बन्धमा खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर, शिरिष श्रेष्ठले बताए, ‘हामीले सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएका हौँ। यस योजना मार्फत फुटबल प्रेमीहरुले विशुद्द मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् । हामी कुनै पनि किसिमको अनलाइन सट्टेबाजी र यसको प्रचार प्रसारको निन्दा गर्छौँ।’
प्रकाशित: ८ असार २०७८, मंगलवार