
काठमाडौं ।
सामसङले मंगलबार फ्ल्याट प्यानलयुक्त २०२१ अडेसी सिरिजका गेमिङ मनिटरहरु सार्वजिनक गरेको छ। यी मनिटरका मुख्य विशेषताहरुमा फ्ल्याट अर्थात् चोडा प्यानल तथा सन् २०२० सिरिजमा भएका कर्भ्ड प्यानलहरु नहुनु हो।
यो नयाँ सिरिजमा जी७०ए, जी५०ए र जी३०ए गरी तीन मोडलहरु उपलब्ध गराइएका छन्। जसमध्ये जी७०ए ३८४०x२१६० पिक्सेल रेजोल्युशनसहितको २८ इन्चको आईपीएस एलसीडी प्यानलसहितको छ।
यसले एएमडी फ्रीसिंक प्रिमियम प्रो सपोर्ट गर्छ भने एनभिडिया जी-सिंक क्प्याटिबल सर्टिफिकेट पनि पाएको छ।
जी५०ए को साइज २७८ इन्चको छ भने रेजोल्युशन २५६०x१४४० रहेको छ। यो पिन आईपीएस एलसीडी प्यानल हो जसले एचडीआर१० सपोर्ट गर्छ। साथमा फ्रीसिंक प्रिमियम तथा जी-सिंक पनि कम्प्याटिबल रहेको छ।
यसमा एक-एक ओटा डिस्प्लेपोर्ट १.२ एचडीएमआई २.० पोर्ट दिइएका छन्।
जी३०ए भने २७ र २४ इन्चमा उपलब्ध छ जुन १४४ हर्ज रिफ्रेश रेटसहितका १९२०x१०८० पिक्सेल रेजोल्युशन भएका भीए प्यानलहरु हुन्। यसले एचडीआर सपोर्ट गर्दैन भने जी-सिंकको सर्टिफिकेट पनि छैन तर यसले फ्रीसिक भने सपोर्ट गर्छ।
यसमा एउटा डिस्प्लेपोर्ट १.२ र एउटा एचडीएमआई १.४ पोर्ट दिइएका छन्।
यी तीनैओटा कालो रंगमा उपलब्ध छन्। सामसङले यसको मूल्य र उपलब्धता बारे केही खुलाएको छैन।
प्रकाशित: ८ असार २०७८, मंगलवार