डीएम टेक्स्ट च्याट फिचरमा काम गर्दै क्लबहाउस, कहिले उपलब्ध होला?

Technology Khabar ८ असार २०७८, मंगलवार

काठमाडौं ।

केही दिन अघि क्लबहाउसका केही प्रयोगकर्ताले एपमा एउटा आश्चर्य लाग्ने फिचर प्रयोग गर्न पाएका थिए।

गत हप्ताको अन्त्यतिर एपमा पप अप भएको यो फिचरको नाम ब्याकच्यानल थियो जसले क्लबहाउसका विश्वासिला यूजरहरुलाई च्याटका माध्यमबाट धेरैभन्दा धेरै सहभागीहरुलाई जोड्न सक्ने इजाजत दिएको थियो।

ब्याकच्यानल स्क्रीनमा कुनै टेक्स्ट राख्ने बक्स नभएर पुरै खाली थियो। यसो हेर्दा कम्पनीले  सीईओ पलडेभिसनले केही समयअघि कम्पनीको टाउन हलमा जानकारी गराएको टेक्स्ट च्याट फिचर बनाउँदै गरेको आकलन गर्न सकिन्थ्यो।  

‘मलाइ लाग्छ थुप्रै मानिसहरु एपको ब्याकच्यानलमा डीएम गरिरहेका हुन्छन्, त्यसैले आफ्नो मित्रता र सम्बन्ध अझै प्रगाढ बनाउन चाहने अन्य कुराहरु पनि गर्न चाहन्छन्। अहिले हाम्रो च्यानलमा यस्तै फिचरको ल्याउनु जरुरी छ’, डेभिसनले भने।

क्लबहाउसका उप संस्थापकले एपमा यस्तो फिचर थपिएर तत्कालै सबैका लागि प्रयोगमा भने आइनहाल्ने बताएका छन्। यसबाहेक उनले यसमा व्यक्ति व्यक्तिबीचको डीएम वा खुला ग्रुप च्याट रहने भन्ने पनि खुलाउन चाहेनन्।

आफूहरुले यसबारेमा कम्पनीमा बुझ्न खोज्दा जवाफ नदिए पनि एउटा विज्ञप्ति निकालेको टेक क्रन्चले लेखेको छ। टेक क्रन्चका अनुसार क्लबहाउसका एक प्रवक्ताले उत्पादन विकासको प्रक्रियामा निरन्तर लागि परेर सम्भावित फिचरहरु उपलब्ध गराउने तर यीमध्ये केही फिचर एपको हिस्सा बन्ने र थुप्रै फिचरहरु परीक्षणमै मात्र सीमित हुने बताए।

प्रकाशित: ८ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया