क्लबहाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेर दूरुपयोग गरेको आरोपमा एक पक्राउ

  • Technology Khabar | ८ असार २०७८, मंगलवार
क्लबहाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेर दूरुपयोग गरेको आरोपमा एक पक्राउ

काठमाडौं ।

अडियो च्याट एप क्लबहाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई सोमबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

उनले नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको आरोप प्रहरीले लगाएको छ ।

उनलाई सोमबार पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

प्रकाशित: ८ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...