आईफोनको वाईफाई नै बिगार्ने ‘आईफोन बग’ भेटियो, यस्तो समस्या आउने

  • Technology Khabar | ६ असार २०७८, आईतवार

काठमाडौं ।

आईफोनमा कुनै विशेष नामको वाईफाई हटस्पट कनेक्ट गरेमा आईफोनको वाईफाई कार्य नै बिग्रने भएको छ र यसलाई रिबुट गरेर समेत बनाउन सकिँदैन् ।

हालै आइफोनमा नयाँ बग पत्ता लागेको हो जसले गर्दा प्रयोगकर्ता कुनै विशेष नाम राखिएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुन थालेको छ । यसलाई आईफोन बग नाम दिईएको छ ।

रिभर्स इन्जिनियर कार्ल सोउले आईओएस डिभाइसहरुमा रहेको यो बग पत्ता लगाएका हुन् जसको बारेमा ब्लीपिङ कम्प्युटरले उल्लेख गरेको छ ।

जेडिनेटकाअनुसार वाईफाईको नाम %p%s%s%s%s%n जस्तो दिएमा आईफोनमा वाईफाईको कार्य नै दिर्घकालिनरुपमा बन्द हुने उनले ट्विटरमार्फत जानकारी दिएका हुन् ।

वाईफाईलाई फेरि ठिक गर्न आफ्नो नेटवर्क सेटिङ्गलाई रिसेट गरेर पुन : चलाउन सकिन्छ ।

यसका लागि सेटिङ्गमा गएर जनरल भन्ने अप्सनमा जानुसु र रिसेटमा थिचेर रिसेट नेटवर्क सेटिङ्ग भन्ने अप्सनमा थिच्नुपर्छ ।

फर्म्याटिङमा समस्या भएको कारणले गर्दा यस्तो समस्या आएको हुनसक्ने ब्लिपिङ कम्प्यूटरले उल्लेख गरेको छ । यो समस्या आईओएस १४.६ मा पनि रहेको पाइएको छ । सुरुमा % को साइनलाई आईओएसले प्रोग्रामिङ कमाण्ड हो भन्ने मान्दछ जसले गर्दा वाईफाई ब्रेक हुने बताईएको छ ।

तर आईफोन निर्माता कम्पनी एप्पलले यो नयाँ बगको बारेमा केही उल्लेख गरेको छैन् ।

प्रकाशित: ६ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार