काठमाडौं ।
काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आज आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि असार ७ जारी गरिएको निषेधाज्ञाको अवधि अब १३ गतेसम्म कायम गरिएको छ । तर स्थानीय प्रशासनले साताभर बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।
बारअनुसार अब विद्युतीय सामाग्रीहरु तथा अटोमोबाइललगायतका पसल तथा सेवाहरु आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सञ्चालन गर्न सकिने भएकोछ ।
सो निर्णयअनुसार विद्युतीय सामाग्रीअन्तरगत नै पर्ने मोबाइल फोन, ल्यापटप, कम्प्युटर, र ईलेक्ट्रोनिक्स उपकरणहरु लगायतको बिक्रि र त्यसको मर्मत गर्ने पसल तथा सेवाहरु उक्त तोकिएका दिनहरुमा सञ्चालन गर्न सकिने देखिएको हो ।
त्यसैगरि सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म खोल्न दिइने प्रशासनले आदेश जारी गरेको हो ।
यस बाहेक निजी सवारी साधनहरु जोर बिजोर नम्बरको आधारमा चल्न पाउने भएका छन् ।
प्रकाशित: ६ असार २०७८, आईतवार