
काठमाडौं ।
एसएनई रिसर्चका अनुसार एलजी इनर्जी सोलुशन गत जनवरीदेखि अप्रिलसम्म चीनबाहेक विश्वव्यापी रुपमा ब्याट्री बिक्री गर्ने अग्रणी कम्पनी सावित भएको छ।
दक्षिण कोरियामा रहेको उक्त ब्याट्री उत्पादकले यो अवधिमा ३४.९ प्रतिशत बजार हिस्सा ओगटेको थियो। उसले यसअघि २७.१ प्रतिशत बजार हिस्सासहित अग्रणी स्थानमा रहेको पानासोनिकलाई उछिनेको थियो।
यसै अवधिमा सामसङ एसडीआईले १०.२, सीएटीएलले १०.१ तथा एसके इनोभेशनले ९.८ प्रतिशत बजार हिस्सा ओगटेर क्रमश: तेस्रोदेखि पाँचैं स्थानमा रहन सफल भए।
यसरी हेर्दा यो अवधिभर एलजी इनर्जी सोलुशन, सामसङ एसडीआई र एसके इनोभेशन गरी तीन दक्षिण कोरियालीको समग्र बजार हिस्सा ५४.९ प्रतिशत रहेको थियो।
एलजी इनर्जी सोलुशनले फक्सवागन आईडी.३, आईडी.४ तथा फोर्ड मस्ट्याङ म्याच-ई का लागि ब्याट्री आपूर्ति गर्दछ। यस्तै सामसङ एसडीआईले औडी ई-ट्रन, फायाट ४०० तथा फोर्ड कुगा पीएचईभीका लागि ब्याट्री उपलब्ध गराउँछ। एसके इनोभेशनले किया निरो बीईभी, हुण्डाइ कोना तथा मर्सिडिज–बेञ्ज जीएलई पीएचईभीलाई ब्याट्री सप्लाइ गर्दछ।
एसएनई रिसर्चका अनुसार यी तीन कोरियाली कम्पनीको प्रतिस्पर्धा चीनबाहिर चुलिँदो अवस्थामा रहेको छ।
प्रकाशित: ६ असार २०७८, आईतवार