तपाईंको स्मार्टफोनबाट डाटा चोर्ने यी खतरनाक एपहरू तुरून्त डिलिट गर्नुस्, गुगलले पनि हटायो

  • Technology Khabar | ६ असार २०७८, आईतवार
तपाईंको स्मार्टफोनबाट डाटा चोर्ने यी खतरनाक एपहरू तुरून्त डिलिट गर्नुस्, गुगलले पनि हटायो

काठमाडौं ।

मोबाइल फोनमा यसअघि निकै दुख दिएकोजोकर मालवेयरले पुन फिर्ता आएको छ। क्विक हिल सेक्यूरिटी ल्याबका अन्वेषकहरूले गुगल प्ले स्टोरमा त्यस्त ८ एपहरू भेट्टाएका छन, जसमा जोकर मालवेयर फेला परेको छ।

अनुसन्धानकर्ताहरूले भनेका छन कि यदि कसैसँग फोनमा यी कुनै पनि एपहरू छन् भने फोनबाट तुरुन्तै यसलाई डिलिट गर्न आवश्यक छ। जोकर सबैभन्दा खतरनाक मालवेयर हो र यसले लगातार एन्ड्रोइड डिभाइसहरूलाई लक्षित गर्दछ।

जोकर मालवेयर एक भाइरस हो जुन हरेक केही महिनामा गुगल प्ले स्टोरमा आउनका लागि बाटो फेला पार्ने गर्दछ।

अनुसन्धानकर्ताहरूका अनुसार जोकर मालवेयरले प्रयोगकर्ताको डाटा चोरी गर्दछ, जसमा एसएमएस, सम्पर्क सूची, डिभाइसको विवरण, ओटिपी जस्ता जानकारी समावेश छ। यद्यपि गुगलले यी एप्सलाई गुगल प्ले स्टोरबाट हटाएको छ, तर यदि यो प्रयोगकर्ताहरुद्वारा डाउनलोड गरिएको छ भने फोनबाट यसलाई हटाईएको छैन् ।

ती ८ एपहरू बारे थाहा पाउनुहोस् जुन तपाईंले तत्काल मेटाउन आवश्यक पर्दछ-

> अग्जुलरी मेसेज Auxiliary Message

> फास्ट म्याजिक एसएमएस Fast Magic SMS

> फ्रि क्यामस्क्यानर Free CamScanner

> सुपर मेसेज Super Message

> एलिमेन्ट स्क्यानर Element Scanner

> गो मेसेजेज Go Messages

> ट्राभल वालपेपर्स Travel Wallpapers

> सुपर एसएमएस Super SMS

एन्ड्रोइड फोनमा कसरी यी एप्स मेटाउने

यसको लागि तपाई पहिले प्ले स्टोरमा जानुहुन्छ, र यहाँ मालवेयर एप खोजी गर्नुहोस्। यस पछि, एप पृष्ठमा ‘अनस्टल गर्नुहोस्’ (Uninstall) गर्नुहोस्। यसले तपाईंको फोनमा एपहरू हटाउनेछ।

यस बाहेक, प्रयोगकर्ताको होम स्क्रिनमा गएर, एपमा लामो प्रेस गर्नुहोस्। यसपछि, त्यहाँ ड्र्याग गर्न विकल्प छ, या त ‘x’ आइकन उपलब्ध छ, ‘x’ आइकनले मेटाउने विकल्प दिन्छ।

प्रकाशित: ६ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...