
काठमाडौं ।
गत हप्ता सार्वजनिक भएको सामसङको ग्यालेक्सी ट्याब एस७ एफई तथा ए७ लाइट भारतमा पनि उपलब्ध भएको छ।
मिस्टिक ब्ल्याक मिस्टिक सिल्भर मिस्टिक ग्रीन तथा मिस्टिक पिंक गरी चार रंगमा उपलब्ध हुने ग्यालेक्सी एस७ एफई ४ जीबी र्याम र ६४ जीबी आन्तरिक मेमोरी, ६ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी तथा ४ जीबी र्याम र ६४ जीबी आन्तरिक मेमोरी गरी दुई भेरियन्टमा पाइनेछ। मूल्यका हिसाबले ४ जीबी र्याम र ६४ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४६९९९ भारु अर्थात् ६३५ डलर तथा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ५०९९९ भारु अर्थात् ६९० डलर तोकिएको छ।
यसमा स्न्यापड्रागन ७५०जी चिपसेट राखिएको छ भने एन्ड्रोइड ११ मा आधारि वन यूआई ३.१ उपलब्ध छ। यस्तै यसको डिस्प्ले २५६०x१६०० पिक्सेलको १.२४ इन्चको रहेको छ। फोटोग्राफीका लागि पछाडि ८ तथा सेल्फीकका लागि ५ मेगापिक्सेलको क्यामरा सेट अप दिइएको छ।
४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने १०,०९० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस डिभाइसमा एस पेन बक्समै उपलब्ध गराइएको छ।
खैरो र सिल्भर रंगमा मात्र उपलब्ध हुने ग्यालेक्सी ए७ लाइट ३ जीबी र्याम र ३२ जीबी आन्तरिक मेमोरीमा मात्र उपलब्ध हुनेछ भने एउटा वाइ फाइ वन्ली र अर्को एलटीई मोडल गरी दुई भेरियन्टमा पाइनेछ। मूल्यका हिसाबले वाइ फाइ वन्ली भेरियन्टको ११९९० भारु अर्थात् १६० डलर तथा एलटीई भेरियन्टको १४९९९ भारु अर्थात् २०० डलर तोकिएको छ।
मिडियाटेकको हिलियो पी२२टी चिपसेट रहेको यो डिभाइसको डिस्प्ले १३४०x८०० पिक्सेल रेजोल्युशन सहितको ८.७ इन्चको रहेको छ। एन्ड्रोइड ११ मा आधारित वन यूआई ३.१ सहित आउने यो ट्याब्लेटमा १५ वाट फास्ट चार्जिङसहितको ५१०० एमएएचको ब्याट्री राखिएको छ।
फोटोग्राफीका लागि पछाडि ८ तथा सेल्फीका लागि २ मेगापिक्सेलको क्यामरा दिइएको छ।
यी दुवै सेट आगामी जुन २३ देखि सामसङका आधिकारिक वेबसाइट, सामसङ स्टोरका साथै देशभरका अन्य चर्चित अनलाइन/अफलाइन रिटेलरहरुमार्फत् किन्न सकिने बुझिएको छ।
प्रकाशित: ६ असार २०७८, आईतवार