काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुबाट सुझाव माग गरेको छ ।
सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेटकोकार्यान्वयनका लागि आवश्यक हुने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव संकलन गर्न सुरु गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध सरोकारवालाहरुबाट सुझाव माग गरेको हो ।
बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] मा वा आर्थिक अनुसन्धान विभाग बालुवाटार काठमाडौंमा पत्राचार मार्फत समेत राय सुझाव पेश गर्न सकिनेछ ।
यसअघि औपचारिक कार्यक्रम आयोजना गरी सुझाव संकलन हुँदै आइरहेकोमा गत वर्षदेखि कोरोना संक्रमणको महामारीका कारण केन्द्रीय बैंकले इमेलमार्फत नै सुझाव संकलन गर्न थालेको हो ।
प्रकाशित: ५ असार २०७८, शनिबार