इन्टरनेट स्पीड छिटो हुँदा पनि यूट्यूब स्लो चल्दैछ, त्यसोभए यी टिप्सको सहयोगले ठिक गर्नुहोस्

  • Technology Khabar | ५ असार २०७८, शनिबार

काठमाडौं ।

आजकल प्रयोगकर्ताहरूले स्मार्टफोनमा युट्यूब धेरै प्रयोग गर्छन् । यूट्यूब प्राय सबै स्मार्टफोनमा प्रिलोड गरिएको एपको रूपमा उपस्थित छ। कोभिड १९ को महामारीले मानिसहरु घरभित्रै बसिरहेको बेलामा झनै युट्यूबको प्रयोग बढेको छ ।

यूट्यूबमा तपाईले धेरै महत्वपूर्ण सूचनाहरूको साथ लाइभ समाचार हेर्ने सुविधा समेत पाउनुहुनेछ र । यो मात्र होईन, यहाँ तपाईले आफ्नो मनपर्ने धेरै भिडियो खोज्न र हेर्न सक्नुहुन्छ। यहाँ तपाईले प्रत्येक शीर्षक र सम्बन्धित सामग्री पाउनुहुनेछ। धेरै पटक सामान्य इन्टरनेटमा युट्यूब भिडियो एकदम ढिलो चल्छ।

तर यदि यस्तो समस्या तपाईँसँग फास्ट इन्टरनेट सेवा भए पनि आउँदैछ भनेपनि चिन्ता नलिनु होस् । यहाँ हामी तपाईंलाई केहि त्यस्ता सुझावहरू बारे बताउँदै छौं, जसको मद्दतले तपाईँ यस समस्याबाट मुक्त हुन सक्नुहुन्छ।

पहिले क्यास डाटा खाली गर्नुहोस्
इन्टरनेट फास्ट छ र अझैसम्म पनि युट्यूब भिडियो ढिलो चलिरहेको छ भने सबैभन्दा पहिले युट्यूबको क्यास (Cache)डाटा खाली गर्नुहोस्। यसको लागि, पहिले तपाईँको फोन, डेस्कटप, ल्यापटप वा ट्याब्लेटमा क्रोम ब्राउजर खोल्नुहोस् र त्यहाँ दायाँ तिर दिइएको तीन लाइनहरूमा क्लिक गर्नुहोस्। जहाँ तपाई हिस्ट्रीको विकल्प पाउनुहुनेछ, यसमा ट्याप गर्नुहोस्। यस पछि, ब्राउजिङ्ग डाटा क्लियर गर्नुहोस लेखिएको स्थानमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईले डाटा मेटाउने विकल्प पाउनुहुनेछ। जसमा तपाई समय दायरा समेत प्रयोग गर्न सक्नुहुनेछ। क्लियर डाटामा क्लिक गर्ने बित्तिकै तपाईँको क्यास डाटा क्लियर हुनेछ ।

भिडियो क्वालिटी बदल्नुहोस्
क्यास डाटा खाली गरेपछि पनि, यदि यूट्यूब भिडियोहरू ढिलो चल्दैछ भने तपाईँले भिडियोको गुणस्तर पनि परिवर्तन गर्न सक्नुहुनेछ। भिडियोको गुणस्तर परिवर्तन गर्ने तरीका एकदम सजिलो छ र यसको लागि तपाईंले गियर आइकनमा ट्याप गर्नुपर्नेछ। जुन स्क्रीनको तल दायाँ कुनामा वा शीर्ष दायाँ कुनामा फेला पर्नेछ। यसमा तपाईले कम रिजोलुसनको साथ विकल्प छान्न सक्नुहुन्छ। स्मरणरहोस् यो सुविधा स्मार्टफोन, ल्यापटप र डेस्कटपहरूमा पनि उपलब्ध छ।

यति गरिसकेपछि तपाईंँले आरामसँग यूट्यूब भिडियोको मजा लिन सक्नुहुनेछ।

प्रकाशित: ५ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार