जंगली हात्तीसँग सेल्फी खिच्ने क्रममा आक्रमणबाट एकको मृत्यु

  • Technology Khabar | ५ असार २०७८, शनिबार
जंगली हात्तीसँग सेल्फी खिच्ने क्रममा आक्रमणबाट एकको मृत्यु

काठमाडौं ।

मोबाइलबाट सेल्फी खिच्ने क्रममा जंगली हात्तीको आक्रमणमा परी मोरङमा एक युवकको ज्यान गएको छ । बेग्लै घटनामा अर्का एक व्यक्ति भारतीय हात्तीको आक्रमणमा परी घाइते बनेका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको प्रकाशित गर्ने दैनिक नियमित बुलेटिनमा उल्लेख भएअनुसार मोरङको सुनवर्षी नगरपालिका ८, कुरेलीमा २१ वर्षीय एक युवकलाई सेल्फी खिच्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको हो ।

उनलाई बिराटनगरस्थित कोशी अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उनको नाम भने खुलाएको छैन् ।

तर सञ्चारमाध्यमहरुकाअनुसार भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीय मनोहर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङकै रतुवामाई नगरपालिका वडा नम्बर ५, मसानघाटमा भारतबाट आएको हात्तीको आक्रमणमा परी २८ वर्षका अर्का एक युवक घाइते भएका छन् ।

प्रकाशित: ५ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार