
काठमाडौं ।
धेरैलाई अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैको मनमा खुल्दुली हुन सक्छ । यदपी नेपालले निकै नगन्य मात्रामा अन्तरिक्ष गतिबिधि गर्न सकेको छ । जसमा केहि समयअघि जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको अगुवाईमा नानो स्याटेलाइट पठाईएको थियो । तर पनि अन्तरिक्ष स्टेशनबाट नेपाल कस्तो देखिएला भन्ने प्रश्न उब्जनु स्वभाविक हो ।
सोहि अनुसार आज शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले नासाले खिचेका केही फोटोहरु आफ्नो ट्विटर एकाउन्टबाट सार्वजनिक गरेको छ ।
यी सबै तस्वीरहरु नासाको जोन्सन स्पेस सेन्टरबाट लिईएका हुन् । जसमध्ये एउटा तस्वीरमा नेपाल, श्रीलंका र जापानले पठाएका नानो स्याटेलाइटहरु एकै स्थानमा भएको समेत देखिन्छ ।
हेर्नुहोस् अमेरिकी दूतावासले सार्वजनिक गरेका सबै तस्वीर-

प्रकाशित: ४ असार २०७८, शुक्रबार