
काठमाडौं ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सबै आधारभूत तहका विद्यालयमा इन्टरनेट जडान गरिने भएको छ ।
गाउँपालिका भरिका सामुदायिकतर्फ ३२ वटा आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरिने भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण र सिदिङ्वा गाउँपालिकाबीच सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्ने गरी समझदारी भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङका अनुसार कम्तिमा २० एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने समझदारी भएको हो ।
प्राधिकरणले निर्धारित औसत रकम भन्दा बढी नहुने गरी इन्टरनेट जडान गर्ने र इन्टरनेट सेवा जडान गर्ने विद्यालयले गाउँपालिका मार्फत जडान खर्च र दुई वर्षको महसुल बुझाउनु पर्नेछ । गोरखापत्रबाट
प्रकाशित: ४ असार २०७८, शुक्रबार