
काठमाडौं ।
चर्चित मोबाइल गेम प्लेयर अननोन ब्याटलग्राउन्ड (पब्जी)को पछाडि रहेको दक्षिण कोरियाली कम्पनी क्राफ्टन इंकले प्रारम्भिक सार्वजनिक शेयर निष्कासनका लागि ५६० खर्ब कोरियाली वोन अर्थात ५ अर्ब डलर उठाउन निवेदन दायर गरेको छ जुन कोरियाको सबैभन्दा ठूलो शेयर निष्कासन हो ।
खेल कम्पनीले १ करोड शेयरहरु बेच्नेछ जून ४ लाख ५८ हजार वोन देखि ५ लाख ५७ हजार वोनसम्मको मूल्यमा हुने क्राफ्टनले बुधबार एक फाइलिङ्गमा भनेको छ।
यसले सामान्य बजारका अपेक्षाहरू पार गर्यो र क्राफ्टनलाई साझा सेयरहरूको संख्याको आधारमा २८० खर्ब वोनको बजार पूंजीकरण प्रदान गर्दछ । क्राफ्टनले जुलाई ९ मा मूल्य तय गर्ने र २२ जुलाईमा लिस्ट गर्ने योजना लिएको छ ।
क्राफ्टनले शेयर बजारमा गईरहँदा के यो एक हिट चर्चाबाट अगाडी बढ्न सक्छ कि सक्दैन भन्ने मुख्य प्रश्नको उत्तर दिनुपर्नेछ । कम्पनी लगभग आफ्नो पूर्ण ब्लकबस्टरमा निर्भर छ, अर्थात यो केबल पब्जीमा आधारित छ । एक नियामक फाइलिङ अनुसार यसमार्फत कम्पनीले गत बर्ष जो १६७ खर्ब वोन राजस्व आम्दानी गरेको थियो ।
विश्लेषकहरूले कोविड १९ लकडाउनले क्राफ्टनको नम्बरहरू गत बर्षमा उकास्न मद्दत गरेपनि कहिलेसम्म यसले सहयोग गर्ला भन्नेमा चिन्तित छन्। जसमा कम्पनीको यस वर्षको पहिलो त्रैमासमा आम्दानी र मुनाफा घट्यो। क्राफ्टनको प्रोस्पेक्टस चेतावनी दिन्छ कि विश्वव्यापीरुपमा भाइरस महामारीको स्थिति सुधार भएको खण्डमा यसको खेलमा खर्च गरिएको समय र पैसाको मात्रा कम हुन सक्छ। एजेन्सीहरु
प्रकाशित: २ असार २०७८, बुधबार