वैशाख महिनामा ई-कमर्समार्फत् भएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य कमी

  • Technology Khabar | २ असार २०७८, बुधबार
वैशाख महिनामा ई-कमर्समार्फत् भएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य कमी
फाइल तस्बिर

काठमाडौं ।

नेपालमा वैशाख महिनाभर ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकममा उल्लेख्य कमी आएको छ।

इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गए पनि वैशाखको तेस्रो हप्ताबाट निषेधाज्ञा शुरु भएको र होम डेलिभरी पनि रोकिएका कारण बढ्नुपर्ने ई-कमर्सको रकम र सङ्ख्या झन घटेको हो।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा वैशाख मसान्तसम्ममा ई-कमर्समार्फत् भएको कारोबार संख्या १ लाख १३ हजार ६८० रहेको पाइएको छ।

चैत मसान्तमा यो कारोबारको संख्या १ लाख ७३ हजार ६५७ रहेको थियो। यसरी हेर्दा चैत मसान्तमा भन्दा २०७८ वैशाख सम्ममा ई-कमर्सको कारोबार संख्या ५९ हजार ९७७ ले घटेको देखिन्छ।

सामान्य हिसाबले हेर्दा कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो। वैशाखमा ई-कमर्सको कारोबार सङ्ख्या उल्लेख्य घटेपछि कारोबार रकम पनि घटेको छ।

अघिल्लो महिनामा ई-कमर्समार्फत् १ अर्ब ५ करोड ८० लाख रुपैयाँको कारोबार भएकामा २०७८ वैशाख मसान्तमा यो रकम उल्लेख्य मात्रमा घटेर ७६ करोड ८० लाख रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा ई-कमर्समार्फत् भएको कारोबार रकममा २९ करोड रुपैयाँले कमी आएको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: २ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार