
काठमाडौं ।
भेरिजोनले कोरोना खोप लगाएका ग्राहकहरुका लागि आफूले बिक्री गर्ने कुनै पनि एसेसरिजमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ।
यो योजना सेलमा रहेका सामग्रीमा पनि लागू हुने तर ०.९७ डलर मूल्य भएका केही स्टक क्लियरेन्सका लागि राखेका आइटममा भने लागू नहुने बताइएको छ।

अमेरिकीहरुका लागि कोभिड-१९ को खोप व्यापक रुपमा उपलब्ध रहेकाले भेरिजोनले खोपको महत्वलाई बढावा दिन खोप लगाएका व्यक्तिहरुलाई १० प्रतिशत छुट दिने योजना ल्याएको हो।
यो योजनामा सबैभन्दा शुरुमा आउनेबाहेक नर्स, शिक्षक तथा सेनाका परिवारले पनि सहभागी हुन सक्नेछन्।
यो छुट प्राप्त गर्नका लागि आगामी जुलाइ ३१ तारिखसम्म कम्पनीले दिएको एउटा लिंकमा क्लिक गर्नुपर्नेछ। त्यहाँबाट एउटा कोड आउनेछ र त्यही कोड देखाएर भेरिजोनका स्टोरबाट अनलाइन वा अफलाइन कुनै पनि तरिकाले छुट लिन सकिन्छ।
कम्पनीले यी कोडहरु आगामी अगस्ट १५ भित्र प्रयोग गरिसक्नुपर्ने बताएको छ।
प्रकाशित: १ असार २०७८, मंगलवार