
काठमाडौं ।
केही महिना अघि, गएको मार्चमा, चिनियाँ टेक जायन्ट शाओमीले आधिकारिक रूपमा आफ्नो स्मार्ट इलेक्ट्रिक भेहिकल व्यवसाय शुरू गर्ने घोषणा गर्यो। अब, चीनबाट आएको एउटा नयाँ रिपोर्टकाअनुसार सो फर्मले आफ्नो टोली विस्तार गर्न खोजिरहेको छ।
शाओमीले कम्पनीमा धेरै नयाँ पदका लागि जागिर अफर गरेको छ जसमा डाटा प्लेटफर्महरू, भेहिकल माउन्ट इन्फ्रास्ट्रक्चर, निर्णय र योजना, मिलिमीटरवेभ एल्गोरिदम, डेभलपमेन्ट टूल्स, फ्रन्ट-एंड डेभलपमेन्ट, इम्बेडेड सफ्टवेयर, हाइ प्रिसियस म्याप, सिमुलेशन, आदि जस्ता क्याटगरीहरू रहेका गीज्मोचाइनाले उल्लेख गरेको छ।
यसबाहेक, सबै तहका लागि रोजगार सूचीले कार्य ठेगाना हाइडेन, बेइजिङ्गमा आधारित छ भनेर देखाउँदछ। यसभन्दा पहिले कम्पनीले भनेअनुसार शाओमी रिसर्च एण्ड डेभलपमेन्ट हेड क्वार्टर बेइजिङ्गमा अवस्थित हुनेछ तर फर्मले यसलाई पुष्टि गरेको छैन।
कम्पनीले इलेक्ट्रिक भेहिकल र सम्बन्धित व्यवसायमा काम गर्न नयाँ पूर्ण स्वामित्वको सहायक कम्पनी स्थापना गरेको छ। सुरुमा, यसले लगभग १० अर्ब युआन अर्थात १.५ अर्ब डलरको लगानी गर्ने योजना बनाएको छ तर १० बर्षको अवधिमा शाओमीले यस नयाँ वर्गको व्यवसायको लागि १० अर्ब डलर भन्दा बढी लगानी गर्न सक्नेछ ।
शाओमी समूहका अहिलेका प्रमुख कार्यकारी अधिकृत रहेका लेई जुनले नै यो नयाँ स्मार्ट इलेक्ट्रिक भेहिकल इकाईका लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि काम गर्नेछन् । यस्तो सम्भावना छ कि शाओमीबाट आएको स्मार्ट कार उपभोक्ता उत्पादन हुनेछ र जून बृहत बजार लक्षित हुनेछ । एजेन्सी
प्रकाशित: १ असार २०७८, मंगलवार