फेसबुक मेसेन्जरमा अश्लील फोटो/भिडियो पठाउने दुई जना साइबर ब्यूरोको फन्दामा

  • Technology Khabar | १ असार २०७८, मंगलवार
फेसबुक मेसेन्जरमा अश्लील फोटो/भिडियो पठाउने दुई जना साइबर ब्यूरोको फन्दामा

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले एक नाबालिकालाई फेसबुक मेसेन्जरमा अश्लील भिडियो पठाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडाैं डल्लुमा बस्ने २६ वर्षीय सोनु पोडे रहेका छन्।

उनले ती बालिकालाई पटक पटक फेसबुक मेसेन्जरमा अश्लील भिडियो पठाउने साथै कुनै महिलाको नग्न शरीरमा पीडित नाबालिकाको अनुहार जोडेर पठाइ चरित्र हत्या गर्न खोजेको उजुरी परेपछि पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ।

उनलाइ गत जेठ २८ गते काठमाडाैंबाट पक्राउ गरिएको हो।

यस्तै फेसबुक, युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा अन्य व्यक्तिहरुको तस्बिर तथा भिडियो दुरुपयोग गरेर प्रचलित कानुनले प्रकाशन, प्रसारण गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन प्रसारण गरेको आरोपमा बाग्लुङका रामेन्द्र खड्कालाई पनि पक्राउ गरिएको छ।

ब्यूरोले गत जेठ २८ गते बाग्लुङ जिल्ला प्रहरी कार्यालयको सहयोगमा खड्कालाई पक्राउन गरेको हो।

पक्राउ परेका पोडे र खड्कालाई काठमाडाैं जिल्ला अदालतबाट ७-७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...