शरीरको तापक्रम सेन्सरसहितको एप्पल वाच अर्को वर्ष आउने

  • Technology Khabar | १ असार २०७८, मंगलवार
शरीरको तापक्रम सेन्सरसहितको एप्पल वाच अर्को वर्ष आउने

काठमाडौं ।

एप्पल वाचमा आगामी हेमन्त ऋतु र हिउँदमा के के नयो फिचरहरु थपिनेछन् भन्नेबारेमा हालै ब्लूमबर्गकले एउटा रिपोर्ट निकालेको छ।

एप्पल वाचको साताैं जेनेरेशनमा छैटाैं जेनेरेशनको सिरिजभन्दा केही नयाँ फिचरहरु थप हुने तथा बेजल पातलो हुने, स्क्रीन लेमिनेशन अझ राम्रो हुने तथा ग्लास र टचस्क्रीनबीचको एयर ग्याप पनि कम हुने बुझिएको छ।

वाच सिरिज ७ मा सुधारिएको अल्ट्रवाइड ब्याण्ड यूडब्लूबी कनेक्टिभिटी रहनेछ भने सिरिज ८ को वाचमा भने ब्लड प्रेसर, ब्लड सुगर तथा अल्कोहल लेभल  सेन्सरहरु रहनेछन्। ब्लूमबर्गका अनुसार एप्पलले यी फिचरहरुमा काम गरिरहँदा सँगै शरीरको तापमान अनुगमन गर्ने सेन्सरमा पनि काम गरिरहेको बुझिएको छ।

ब्लड सुर मनिटरले मधुमेह भएका व्यक्तिहरुको औंलाबाट रगत नझिकी रगतमा रहेको सुगरको मात्रा पत्ता लगाउन मद्दत गर्नेछ। सन् २०२२ मा आउने शरीरको तापक्रम नाप्ने फिचर पनि निकै भरपर्दो हुने बुझिएको छ।

ब्लूमबर्गले आगमी वर्ष अर्थात् सन् २०२२ कम एप्पलले एप्पल वाचको स्पेशल एडिशन तथा एक्स्ट्रिम स्पोर्ट्स मोडल पनि सार्वजनिक गर्नेछ।

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार