इन्टरनेट बैंकिङमार्फत् गरिएको कारोबार रकम १ महिनामा साढे १३ करोड रुपैयाँले घट्यो

  • Technology Khabar | १ असार २०७८, मंगलवार
इन्टरनेट बैंकिङमार्फत् गरिएको कारोबार रकम १ महिनामा साढे १३ करोड रुपैयाँले घट्यो
प्रतिकात्मक

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम अघिल्लो महिनाको भन्दा कम भएको पाइएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा वैशाख मसान्तसम्ममा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या २ लाख ६८ हजार १४४ रहेको पाइएको छ।

चैत मसान्तसम्ममा यो कारोबारको संख्या ३ लाख ३ हजार ८४४ रहेको थियो। यसरी हेर्दा चैत मसान्तभन्दा वैशाख मसान्तसम्मा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार संख्या २५ हजार ७०० ले कम हो।

कारोबार संख्यामा कमी आएसँगै कारोबार रकम पनि घट्नु स्वाभाविकै हो।

अघिल्लो महिनामा इन्टरनेट बैंकिङमार्फत् १० अर्ब २१ करोड ५० लाख रुपैयाँको कारोबार भएकामा वैशाखको मसान्तमा आएर यो रकम १० अर्ब ८ करोड रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा १३ करोड ५० लाख रुपैयाँले कमी आएको छ।

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार