थुप्रै चिनियाँ स्मार्टफोन निर्माताहरु स्न्यापड्रागन ८८८ पछिको ४एनएम प्रोसेसमा बनेको चिपसेटको पर्खाइमा

  • Technology Khabar | ३१ जेष्ठ २०७८, सोमबार
थुप्रै चिनियाँ स्मार्टफोन निर्माताहरु स्न्यापड्रागन ८८८ पछिको ४एनएम प्रोसेसमा बनेको चिपसेटको पर्खाइमा

काठमाडौं ।

दुई हप्ताअघि क्वालकमको स्न्यापड्रागन ८८८ पछिको अत्याधुनिक चिपसेटका बारेमा केही अनाधिकारिक विवरण हरु बाहिर आएको थियो।

हालै चीनका एक नाम चलेका र भरपर्दा टिपस्टर डिजिटल च्याट स्टेशनले सामाजिका सञ्जाल वेबोमा थुप्रै उत्कृष्ट चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुले स्न्यापड्रागन ८८८ पछिको ४एनएम प्रोसेसमा बनेको चिपसेटको परीक्षण गरिरहेका जानकारी दिएका हुन्।

हाल स्न्यापड्रागनको आउँदै गरेको ४एनएम प्रोसेसमा बनेको एसओसीसम्म आइपुग्दा यसअघिका सन्यापड्रागन ८६५ र ८८८ चिपसेटमा भन्दा उल्लेख्य प्रगति भएको उनको दावी छ।

आउँदै गरेको उक्त फ्ल्यागशिप स्न्यापड्रागन चिपसेट क्वालकमको नयाँ एआरएमभी९ चिप आर्किटेक्चरमा काइरो ७८० कोर तथा एड्रिनो ७३० जीपीयू सहित निर्माण हुने अपेक्षा गरिएको छ।

यसबाहेक उक्त चिपमा एक्स६५ फाइभजी मोडेम तथा फास्टकनेक्ट ६९०० चिपका साथमा ब्लुटूथ ५.२ र वाइफाइ ६ई कनेक्टिभिटी रहने आकलन गरिएको छ। यी फिचरयुक्त अत्याधुनिक चिपसेट यसै वर्षको उत्तरार्द्धमा सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • ३१ जेष्ठ २०७८, सोमबार