काठमाडौं ।
चिनियाँ कम्पनी रियलमीले नार्जो ३० र नार्जो ३० फाइभजी केही समयअघि सार्वजनिक गरेको थियो। चीन र अन्य मुलुकहरुमा उपलब्ध भए पनि चिनियाँ स्मार्टफोनको ठूलो बजार भारतमा भने यसलाई सार्वजनिक गरिएको थिएन।
यसैलाई मध्यनजर गर्दै कम्पनीका एसियाली देशका लागि मुख्य कार्यकारी माधव सेठले छिट्टै यो डिभाइस भारतमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
नार्जो सिरिज रियलमीले युवाहरुलाई लक्षित गरेर निकालेको थियो। अहिले १ वर्षको बीचमा ५० लाख ग्राहक भए पनि कम्पनीले नार्जो ३० प्रो फाइभजी र नार्जो ३०ए हुँदै अब नार्जो ३० फाइभजीमा लगेर टुङ्ग्याउने भएको छ।
नार्जो ३० फाइभजी र नार्जो ३० उस्तै सुनिए पनि फोरजी एलटीई भर्सनमा हिलियो जी९५ चिपसेट प्रयोग गरिएको छ।
भारतमा नार्जो ३० को ९९९९ भारु तथा नार्जो ३० फाइभजीको १३ ९९९ भारु मूल्य रहने कम्पनीको भनाइ छ।
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार