काठमाडौं ।
चिनियाँ स्मार्ट डिभाइस कम्पनी शाओमीले आगामी जुन २२ तारिखमा भारतमा एमआई ११ लाइट स्मार्टफोनका साथमा कम्पनीको स्मार्टवाच एमआई वाच रिभल्भ एक्टिभ पनि सार्वजनिक गर्ने भएको छ।
अमेजन इन्डियाको सूचीमा राखिएको आउँदै गरेको उक्त स्मार्टवाचमा एसपीओ२ ट्रयाकिङ पनि रहने र गोलाकार देखिने बुझिएको छ।
यसको नामका आधारमा हेर्दा यो डिभाइस गत वर्ष सार्वजनिक भएको एमआई वाच रिभल्भको नयाँ अवतार हुनसक्ने आकलन गरिएको छ। यो डिभाइमा १.३९ इन्चकझ एमोलेड डिस्प्ले रहनेछ भने ब्याट्रीको क्षमता १४ दिनसम्म धान्ने हुनेछ। यसबाहेक यसमा बिल्ट इन जीपीएस दिइएको हुनेछ भने पानी नछिर्ने ५ एटीएम स्तरको प्रमाणीकरण पनि रहेको छ।
यसमा गत वर्षको एमआई वाचमा भएका भन्दा केही थप कामलाग्ने फिचरहरु राखेर आउने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार