Technology Khabar ३१ जेष्ठ २०७८, सोमबार
काठमाडौं ।
एक पटक मिमले इन्टरनेटमा रमाईलो गरेपछि, एक्सबक्स सिरिजले एक्स आकारको मिनी फ्रिज वास्तविकतामा परिणत भइरहेको छ । आइतवारको यसको ईथ्री २०२१ शोकेसको अन्त्यमा, माइक्रोसफ्टले आगामी छुट्टीको मौसममा ‘विश्वको सब भन्दा शक्तिशाली मिनी फ्रिज’ बेच्ने घोषणा गरेको छ ।
फ्रिज मिम डिसेम्बर २०१९ मा एक्सबक्स सिरिज एक्सको अनावरणमा फर्किन्छ। जब त्यसलाई ठाडो पारेर राखिन्छ कन्सोल अग्लो हुन्छ र एक आयताकार आकारमा हुन्छ। यो हेर्दा फ्रिजको आकार र साइजमा देखिन्छ । जसले गर्दा धेरै मिमहरु बनाईएको थियो ।
माईक्रोसफ्ट आफैं मिमबाट प्रभावित भएको थियो र स्केलका लागि गत बर्ष फ्रिजको साथ कन्सोलको फोटो प्रकाशित गर्दै र लाइफ साइज एक्सबक्स सीरीज एक्स फ्रिज पनि गीभअवे गरेको थियो ।
यसको उत्पादनको आधिकारिक नाम एक्सबक्स मिनी फ्रिजको ट्रेलरमा, हामी देख्न सक्छौं कि फ्रिजको बाहिरी कुनामा एउटा एक्सबक्स लोगो छ र भित्रबाट एक्सबक्स हरियो रंगको छ।
सो एक्सबक्स भेलोसिटी कूलिङ्ग आर्किटेक्चर (Xbox Velocity Cooling Architecture) द्वारा संचालित, फ्रिज वास्तवमै सानो छ । यसमा तपाइँको छनौटको पेयको १० वटा क्यानहरु राख्न सक्षम देखिन्छ।
कम्पनीले सार्वजनिक गरेको सो ट्रेलरमा यसको अन्य फिचर र मूल्य बारेमा बताईएको छैन् । एजेन्सीहरु
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार