ह्वावेले आफ्नो प्रोसेसर डेभलपर कम्पनी हाइसिलिकनका कर्मचारी कटाैती नगर्ने

  • Technology Khabar | ३१ जेष्ठ २०७८, सोमबार
ह्वावेले आफ्नो प्रोसेसर डेभलपर कम्पनी हाइसिलिकनका कर्मचारी कटाैती नगर्ने

काठमाडौं ।

गत वर्षको सेप्टेम्बरदेखि ह्वावेले टीएसएमसीसगको पहुँच गुमाएको छ। यसबाट ह्वावेको आफ्नै चिप निर्माण कम्पनी हाइसिलिकनमा चिप निर्माणमा अप्ठेरो हुन थालेको छ।

तर ह्वावेका वरिष्ठ उपाध्यक्षले कम्पनीले आफ्ना हाइसिलिकनका कुनै कर्मचारी कटोती नगर्ने जनाएका छन्।

निक्केइको एसियाली समीक्षाले हालै ह्वावेका निर्देशक चेन क्याथरिनको टिप्पणीलाई उद्धृत गर्दै चिनियाँ टेक जायन्टले सेमिकण्डक्टरका लागि आवश्यक पार्टपुर्जा आफैंले  उत्पादन गर्ने र हाइसिलिकनका कुनै कर्मचारी कटोती नहुने उल्लेख गरेको हो।

सन् २०२० मा हाइसिलिकनमा ७ हजारभन्दा बढी कामदार रहेकामा ह्वावेलाई यी सबैका लागि व्यवस्थापन गर्न असहज हुँदै गएको थियो।

ओम्डियाका अनुसार यस वर्षको पहिलो त्रैमासमा हाइसिलिकनले ३८ करोड ५० लाख डलर मात्र आम्दानी गर्न सफल भएको थियो जुन अघिल्लो वर्षको दोस्रो त्रैमासको तुलनामा ८७ प्रतिशतले कम हो।  

सन् २०२० मो मे मा ह्वावेमाथि थप प्रतिबन्ध लागेपछि कम्पनीले हाइसिलिकनद्वारा उत्पादित पार्टपुर्जाहरु थुपार्न थाल्यो।

ह्वावेको व्यवस्थापनले यो प्रतिबन्ध अझै २/३ वर्ष जारी रहने आकलन गरेकोमा हाल हाइसिलिकनले टीभीका ८के सपोर्ट गर्ने चिप लगायतका अन्य उत्पादन शुरु गरेर आर्थिक उपार्जन गरिरहेको छ।   

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...