
काठमाडौं ।
वनप्लसले हालै हवनप्लस नर्ड सीई फाइभजी सार्वजनिक गरेको थियो। मुकुल शर्मा नाम गरेका एक टिप्स्टरले अब कम्पनीले नर्ड२०० फाइभजी पनि छिट्टै सार्वजनिक गर्ने भएको छ।
केही घण्टाअघि इभान ब्लास नामका व्यक्तिले नर्ड एन२०० को विवरणहरु सामाजिक सञ्जालमा शेयर गरेका छन्। ती विवरणबाट यो डिभाइस वनप्लसको सबैभन्दा सस्तो फाइभजी सपोर्ट गर्ने स्मार्टफोन हुने बुझिएको छ।
यस्ता छन् विशेषता
वनप्लस नर्डएन२०० मा फुल एचडी+ रेजोल्युशन भएको ६.४९ इन्चको आईपीएस एलसीडी पन्चहोल डिस्प्ले दिइएको छ। एन्ड्रोइड ११ मा आधारित अक्सिजनओएस अपरेटिङ सिस्टममा चल्ने यो डिभाइसमा स्न्यापड्रागन ४८० चिपसेट राखिएको छ।
४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज रहने यो फोनमा १८ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच ब्याट्री राखिएको ५।
सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामरा राखिएको यसमा पछाडिपट्टि १३ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहेको छ।
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार