विज्ञान प्रविधिसम्बन्धी विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०२१ मा सहभागी हुन स्टानको आग्रह

  • Technology Khabar | ३० जेष्ठ २०७८, आईतवार
विज्ञान प्रविधिसम्बन्धी विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०२१ मा सहभागी हुन स्टानको आग्रह

काठमाडौं ।

विज्ञान शिक्षक समाज नेपाल स्टान ले (स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०२१) का लागि ईच्छुक विद्यार्थीहरूलाई निवेदन दिन आह्वान गरेको छ।

स्टानले एउटा सूचना जारी गर्दै विज्ञान शिक्षक समाज नेपाल (STAN) र युनेस्को (UNESCO) नेपाल सचिवालयद्वारा आयोजित यो वर्षको “STAN-UNESCO Science Student Talent Hunt Program 2021” (स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम -२०२१) का लागि ईच्छुक विद्यार्थीहरूबाट निवेदन आह्वान गरेको हो ।

‘लकडाउनमा घरै बसिरहेका बालबालिकाहरुलाई समावेश गराइ उनीहरुको प्रतिभा पनि प्रस्फुटन गराउन मद्दत गर्ने भएकोले यस्तो अनलाइन/अफलाइन प्रतियोगिताले विद्यार्थीहरुको सिकाइमा पनि सहयोग पुग्छ’, स्टानका राष्ट्रिय सचिव तथा प्रतिभा पहिचान कार्यक्रम -२०२१ का राष्ट्रिय संयोजक मनोज आचार्यले बताए।

आचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रविधिप्रतिको सोचाइ सकारात्मक बनाउने भएकाले अभिभावक र विशेषगरी विज्ञान शिक्षकलाई आफ्ना विद्यार्थीला सहभागी गराउन पनि आग्रह गरे।

सूचनामा देशभरका सम्पूर्ण विज्ञान शिक्षक तथा सरोकारवालाले आफूले चिने जानेका कक्षा १० (अहिले SEE दिएका समेत) सम्मका विद्यार्थीहरुलाई नियमानुसार एक विद्यार्थी एक विज्ञान सामग्री परियोजनाको (Science Project Model ) रूपमा बनाउन सहयोग गरी सोको भिडियो बनाई प्रतियोगितामा पठाउन आग्रह पनि गरिएको छ ।

आवेदन असार १० गते बेलुका ५ बजे (10thAsar, 078,24th June till 5:00PM) सम्म पठाइसक्नु पर्नेछ ।

स्टानले प्रतियोगिताका नियम, परियोजना भिडियो(Project Video) सम्बन्धी जानकारी तथा अन्य विस्तृत विवरणको लागि भिडियो पठाउने फारमको लिन्क प्रयोग गरी जानकारी लिन र भिडियो पठाउन समेत सबैमा अनुरोध पनि गरेको छ ।

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...