माइक्रोसफ्टले विन्डोज १० को लागि सपोर्ट रोक्ने, यस्तो छ कम्पनीको योजना

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

काठमाडौं ।

माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज १० को सपोर्टलाई रोकिने घोषणा गरेको छ । कम्पनीले यस सपोर्टको रिटायरमेन्ट समयको पनि घोषणा गरेको छ।

कम्पनीका अनुसार विन्डोज १० अक्टूबर २०२५ देखि बन्द हुनेछ। कम्पनीले नयाँ पीढीको विन्डोजको साथ अहिलेको विण्डोज १० लाई प्रतिस्थापन गर्नेछ। विन्डोजको वर्तमान जेनेरेशनको माइक्रोसफ्ट विन्डोज १० होम र विन्डोज १० होम प्रो, प्रो एजुकेशन र प्रो फर वर्कस्टेशनका लागि माइक्रोसफ्टको सपोर्ट कागजातका आधारमा सन् २०२५ अक्टूबर २४ देखि रिटायर हुनेछन्।

त्यसैगरि विन्डोज १० को लागि सबै विकास र सुरक्षा अपडेटहरू २०२५ सम्म पूर्ण रूपमा हटाइनेछ। यद्यपि विन्डोज १० मा आधारित विन्डोज सर्भरको विन्डोज १० बिल्डको बारेमा केहि भनिएको छैन।

माईक्रोसफ्ट सीईओले गत महिना माइक्रोसफ्ट बिल्ड २०२१ सम्मेलनमा विन्डोजको अर्को जेनेरेसनको बारेमा अपडेट दिए सँगै यसमा चाँडै अपडेट आउने अनुमान गरिँदै आएको छ । माइक्रोसफ्टको सपोर्ट पेजका अनुसार माइक्रोसफ्टले आफ्नो सपोर्ट अक्टुबर १४, २०२५  सम्म जारी राख्नेछ। पृष्ठका अनुसार, विन्डोज १० को यो परिवर्तन सबै होम, प्रो, प्रो एजुकेसन र प्रो वर्कस्टेशन संस्करणका लागि हो।

विन्डोज ११ घोषणा गरिएको छैन्

हालका दिनहरूमा भएका सबै घटनाक्रमहरूले माइक्रोसफ्ट विन्डोजको नयाँ पुस्तातिर औंल्याएको छ। जबकि कम्पनीले विन्डोज ११ को बारेमा केहि घोषणा गरेको छैन। माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले गत महिना कम्पनीको बिल्ड २०२१ सम्मेलनको अवधिमा विगत केही महिनादेखि विन्डोजको अर्को पुस्ताको परीक्षण गरिरहेको बताएका थिए ।

सन् २०१५ मा सुरू गरिएको थियो विन्डोज १० 

माइक्रोसफ्टले २०१५ मा यसको लोकप्रिय विन्डोज १० अपरेटिङ प्रणाली सुरू गरेको हो। यस अपरेटिङ प्रणालीमा, स्टार्ट मेनू फूल स्क्रीन मोडमा पनि चल्दछ, यस बाहेक, माइक्रोसफ्ट एक्शन सेन्टर, स्थापित एप्स नोटिफिकेसन्सका साथै सुरक्षासँग सम्बन्धित धेरै चीजहरू यस अपरेटिङ प्रणालीमा राखिएको छ। यो अपरेटिंग प्रणाली स्प्लिट मोडमा चल्छ, यसको आधारमा यसले स्वतः डिभाइसको आधारमा ट्याबलेट वा पीसी मोडमा स्विच गर्न सक्दछ। एजेन्सीहरु

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया