मानिसहरुलाई घरभित्रै राख्न चीनको गुआन्झाउ शहरमा ड्रोनमार्फत निगरानी

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

काठमाडौं ।

दक्षिणी चिनियाँ शहर गुआन्झाउमा ६० वटा ड्रोनको एक समूह परिचालन गरिएको छ जसले मानिसहरूलाई घर भित्र राख्न र बाहिर आउनेहरूलाई मास्क लगाउन सम्झाउने छ ।

चीनले स्थानीय कोभिड १९ सर्ने घटनाहरूमा ठूलो मात्रामा रोक्न सफल भएको छ, तर गुआन्झाउमा यसअघि भारतमा पत्ता लागेको डेल्टा भाइरसको बढी बढिरहेको देखिएको छ।

पछिल्ला २४ घण्टामा गुआन्झाउमा ६ वटा नयाँ घटनाहरू रिपोर्ट गरिएको छ जसबाट प्रकोपको संख्या १०० भन्दा बढी पुगेको छ।

पुलिसद्वारा संचालित ड्रोनहरूले क्यामरा बोकेका छन् र बाहिरबाट मानिसहरूलाई उनीहरू र अरूहरू घरभित्रै रहँदा सुरक्षित रहन्छन भन्ने सन्देश दिन्छन् । सुरक्षित स्वचालित ड्रोनहरुले यसअघि नै सरकारले सेलफोन स्वास्थ्य कन्फर्मेसन, तापमान जाँच र क्वारेन्टाइन सहित गरिरहेको निगरानीमाथि थप निगरानी गर्नेछ ।

गुआन्झाउले धेरै वरपरहरू, शहर र प्रान्त बाहिर यात्रामा प्रतिबन्ध लगाईसकेको छ भने सिनेमाहरू र अन्य इन्डोर मनोरन्जन स्थलहरू बन्द गरिसकेको छ । एजेन्सीहरु

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया