Technology Khabar ३० जेष्ठ २०७८, आईतवार
काठमाडौं ।
सूचना प्रविधिसम्बन्धि विभिन्न किसिमका तालिम दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क दिँदै आएको तालिममध्ये वेब डिजाइनिङ तालिम शुरु गर्ने भएको छ ।
कम्पनीले आगामी असार ६ गतेदेखि ३ दिने तालिम शुरु गर्ने भएको जानकारी दिएको छ । हरेक दिन बिहान १० देखि १२ बजेसम्म गरी कुल ६ घण्टा वेब डिजाइनिङको तालिम सेसन हुनेछ ।
यसमा यस क्षेत्रका विज्ञहरुले तालिम दिने र डिजाइनिङका सम्पूर्ण पक्षहरुबारे जानकारी दिईने बताईएको छ ।
यदि तपाईँ पनि यस तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर तालिम लिन सक्नुहुनेछ ।
ब्रोडवेले निशुल्क तालिमअन्तरगत अटोक्याड, पाइथन प्रोग्रामिङ्ग, सिसिएनए, जाभा लगायतका विषयहरुमा सिरिजमा तालिम दिँदै आएको छ ।
प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार