वायरलेस चार्जिङ क्षमता ५० वाटभन्दा बढी हुने नदिइने

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

काठमाडौं ।

केही वर्षयता स्मार्टफोन उद्योगमा उल्लेख्य वृद्धि हुँदै गएको छ भने सामान्य स्मार्टफोनमा  ब्याट्री पनि ५००० एमएएचसम्म पुगिसकेको छ।

यसका साथै स्मार्टफोनको चार्जिङ क्षमता पनि बढ्दै गइरहेको छ। केही वर्षअघि १८ वाटभन्दा माथिको चार्जिङ क्षमता उपलब्ध थिएन।

तर हिजोआज थुप्रै बेसलाइन फ्ल्यागशिप स्मार्टफोनमा ६५ वाट फास्ट चार्जिङ सामानयजस्तै भइसकेको छ भने यो बढीमा १२० वाटसम्म पुगेको छ।

वायर्डमा जस्तै वायरलेस तथा फास्ट चार्जिङ क्षमता पनि बढ्दै गइरहेको छ।

हाल वायरलेस फास्ट चार्जिङ क्षमता ५० वाट छ तर उत्पादकहरुले १२० वाटसम्मको क्षमता रहेको देखाउँछन्। यो चार्जिङ क्षमतामा ४००० एमएएचको स्मार्टफोन १५ मिनेटमा चार्ज गर्न सक्छ।

यो राम्रो संकेत हो र यसबाट यूजरहरु खुशी देखिए पनि यसका केही नकारात्कमता वा जोखिम पनि छन् जसलाई नजरअन्दाज गर्न मिल्दैन।

एक रिपोर्टका अनुसार चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रलयले हालै एउटा वायरलेस चार्जिङ पावर ट्रान्समिशन इक्विपमेन्ट सम्बन्धमा रेडियो व्यवस्थापन अन्तरिम विधान’ को मस्याैदा टिप्पणीका लागि सार्वजनिक गरेको छ।  

यो प्रारम्भिक दस्तावेजमा वायरलेस चार्जरको उत्पादन तथा ट्रान्समिशनसम्बन्धी निर्देशिकाहरु सूचीकृत गरिएको छ।  

उक्त दस्तावेजमा वायरलेस चार्जर चीनमा बेचिनुपर्ने र यसको सर्वाधिक चार्जिङ क्षमता ५० वाटभन्दा माथि हुन नहुने प्रावधान राखिएको छ। १२० वाटको क्षमता मस्याैदामा उल्लेखितभन्दा धेरै नै बढी भएकाले भविष्यमा अनुगमन गरेर रद्द गर्न सकिने पनि बुझिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया