असार १ गतेदेखि सहज होला त होम डेलिभरी र ईकमर्श सेवा ?

  • Technology Khabar | ३० जेष्ठ २०७८, आईतवार
असार १ गतेदेखि सहज होला त होम डेलिभरी र ईकमर्श सेवा ?

काठमाडौं ।

जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । सो बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र मोडालिटी बारेपनि तयार गर्नेछ ।

निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बस्न लागेको हो । सो बैठकले सोमबार रातीदेखि समाप्त हुने निषेधाज्ञालाई लम्ब्याउने बारेमा छलफल गर्नेछ भने निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने अनुमान गरिएको छ ।

नयाँ समयावधि थप भएसँगै ईकमर्श र होम डेलिभरी सेवा खुला गर्ने अपेक्षा गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक राज भट्टले होम डेलिभरी खुला गर्ने बारेमा सकारात्मक रहेको बताएका थिए । उनले त्यसबेला सेवालाई सहज बनाउने योजना भएको बताएका थिए ।

‘हामीले आगामी १ गतेदेखि निषेधाज्ञालाई खुकुलो गर्ने योजनामा छौं र त्यसमा होम डेलिभरी, टेकअवे र इकमर्शलाई पनि खुला गर्ने तयारीमा छौं,’ भट्टले शुक्रबार टेक्नोलोजीखरबसँग भनेका थिए ।

उनकाअनुसार यसको लागि सेवा प्रदायकहरुले मापदण्ड र स्वास्थ्य सुरक्षा भने पालना गर्नुपर्नेछ ।

त्यसैगरि सर्वोच्च अदालतले पनि अन्तरिम आदेश जारी गर्दै होम डेलिभरी सेवा र ईकमर्श सेवालाई नरोक्नु भन्ने आदेश दिएको थियो ।

यसैबिच थप गरिएको समयमा किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ११ बजे सम्म खोल्न दिने भन्ने विषयमा छलफल भएको बताईएको छ । थपिएको अवधिको निषेधाज्ञामा सार्वजनिक यातायात, निजी सवारी साधन र अनावश्यक हिँडडुललाई भने कडाइ गरिने भएको छ ।

यो पनि हेर्नुस्-

होम डेलिभरी सेवा खोल्ने अदालतको आदेश अझै पालना भएन, असार १ गतेदेखि पुरै खुला गरिँदै

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...