फेस्टद्वारा आयोजित निशुल्क पाइथन प्रोग्रामिङ क्लास सम्पन्न

  • Technology Khabar | ३० जेष्ठ २०७८, आईतवार
फेस्टद्वारा आयोजित निशुल्क पाइथन प्रोग्रामिङ क्लास सम्पन्न

काठमाडौं ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्धेश्यका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले निशुल्क रुपमा पाइथन प्रोग्रामिङ सम्पन्न भएको छ ।

दैनिक ९० मिनेटको सेसनको दरले कुल ७ घण्टा २५ जेठबाट शुरु भएको निशुल्क कक्षा २९ जेठ सम्म सञ्चालन गरेको र सयौँ जनाले पाइथनको तालिम लिएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए । सेसनको समय विहान ११ बजे देखि १२.३० बजे सम्म सञ्चालन भएको थियो ।

निशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ अवसर र क्यारियरको विषयमा व्यापक चर्चा भएको थियो । पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिएको थियो । निशुल्क कक्षामा पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप र एप्रोचेज आदी विभिन्न विषयमा केन्द्रीत रहेर तालिम सञ्चालन भएको सोडारीले बताए ।

ईन्जिनियर हिमाल रावलको प्रमुख प्रशिक्षकका रुपमा पाइथन प्रोग्रामिङ तालिम सञ्चालन भएको थियो । आगामी दिनमा पनि अनलाइनबाट पाइथन प्रोग्रामिङको तालिम दिने रावलले बताए ।

फेस्ट कम्पनीले यस भन्दा पहिले पनि विभिन्न अनलाइन मार्फत विभिन्न कोर्षहरु निशुल्क सञ्चालन गरेको थियो ।

फेस्टले लकडाउनमा नै निशुल्क वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक र सयौँ जनालाई प्रोग्रामिङ ल्याङवेज पढाइसकेको छ । विशेष गरी फेस्ट शिक्षा क्षेत्रमा काम गरिरहेको छ । फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने र आइटी सम्बन्धि काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...