यूबिसफ्टले मारियो+ र्याब्बिड्सको सिक्वेल २०२२ मा ल्याउने

  • Technology Khabar | ३० जेष्ठ २०७८, आईतवार
यूबिसफ्टले मारियो+ र्याब्बिड्सको सिक्वेल २०२२ मा ल्याउने

काठमाडौं ।

गेमिङ कम्पनी यूबिसफ्टले मारियो र र्याब्बिड्स गेमको निन्टेन्डो स्विचका लागि सिक्वेल मारियो+ र र्याब्बिड्स: स्पार्क अफ होप ल्याउने भएको छ।

कम्पनीले शनिबार यी दुवै गेमको कथानक ट्रेलर र छोटो टिजर विभिन्न गेमका बीचमा सार्वजनिक गरेकव थियो। यी टिजर र ट्रेलरहरुमा सार्वजनिक हुने मिति २०२२ भन्ने जानकारी पनि दिइएको थियो।

निन्टेन्डोले यी गेमहरुका बारेमा आफ्नो वेबसाइटमा राख्नुभन्दा केही अघि यूबिसफ्ट फर्वार्डले आधिकारिक घोषणा गरेको थियो।

मारियो+ र्याब्बिड्स र किङडम ब्याटल सबैभन्दा पहिले सन् २०१७को ई३ मा भएको यूबिसफ्६को पत्रकार सम्मेलनमा निन्टेन्डोका शिगेरु मियामोतोले सार्वजनिक गरेका थिए।

आईपीमा आउने समस्याका बावजूद किङडम ब्याटल छिट्टै निन्टेन्डो स्विचमा जान सफल भएको थियो। यसमा मारियो र र्याब्बिड्सका चरित्रहरुलाई एक्सकम स्टाइलको ट्याक्टिकल एक्शन गर्न सक्ने तरिकाले मिसाइएको थियो।

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...